Saturday, May 21, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      प्रम ओलीलाई कत्रो डर ? सुरक्षा जोखिम भन्दै आफ्नै पार्टी कार्यालय गएनन् ,आठ महिनायता सिंहदरबार पनि गएका छैनन्

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १६ मंसिर २०७७, मंगलवार २३:३२
      90
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      प्रम ओलीलाई कत्रो डर ? सुरक्षा जोखिम भन्दै आफ्नै पार्टी कार्यालय गएनन् ,आठ महिनायता सिंहदरबार पनि गएका छैनन्

      प्रधानमन्त्री केपी ओली । फाईल तस्वीर

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

       काठमाडौँ । कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो । तर, यस्तो वेला प्रधानमन्त्री कार्यालय भने सुनसानजस्तै छ । प्रधानमन्त्री केपी ओली कार्यालय नै नआउँदा दीर्घकालीन महत्व राख्ने कामहरूसमेत प्रभावित भइरहेका छन् । 

      प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जान छाडेर बालुवाटारबाटै सरकार चलाउन थालेको करिब आठ महिना भइसकेको छ । गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई उनले कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी कार्यालय आएको थाहा नभएको कर्मचारीहरू बताउँछन् ।

      प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र नै सुस्त बनेको सिंहदरबारका उच्चपदस्थ कर्मचारीहरू बताउँछन् । सम्पूर्ण मन्त्रालयहरूलाई नियमित रूपमा निगरानी र निर्देशन दिने प्रधानमन्त्री कार्यालय नै सुस्त भएपछि अन्य मन्त्रालयमा समेत त्यसको असर परेको छ । ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो, त्यसको असर अरू मन्त्रालय र तल्लो तहसम्म पुगेको छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने ।

      मन्त्रिपरिषद्का बैठकदेखि सामान्य प्रशासनिक निर्णयहरू पनि बालुवाटारबाटै हुने गरेका छन् । नियमित रूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन । सातै प्रदेशका मुख्यमन्त्रीहरू रहेको अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सन रुममा प्रायः ताला झुन्ड्याइएको हुन्छ । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

      दुई वर्षअघि प्रधानमन्त्री कार्यालयमा पुगेका प्रहरी ऐनलगायत महत्वपूर्ण ऐनका मस्यौदा अलपत्र परेका छन् । सुशासनसम्बन्धी कतिपय प्रतिवेदनहरू पनि अघि बढ्न नसकेको स्रोत बताउँछ । नियमित रूपमा बैठक बस्ने पद्धति नहुँदा प्रधानमन्त्री कार्यालयकै कतिपय सचिवहरूले महिनौँसम्म प्रधानमन्त्रीलाई भेट्नै नपाएको अवस्था रहेको स्रोत बताउँछ ।

      पूर्वमुख्यसचिव डा. विमल कोइरालाले प्रधानमन्त्री कार्यालय नै नजाने प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पर्ने बताए । ‘प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ,’ उनले भने, ‘राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।’

      हुन पनि सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र नै अहिले सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।

      प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय कम जान थालेको बताए । सिंहदरबारमा सामाजिक दूरी कायम गर्न कठिनाइ हुने भएकाले बालुवाटारबाटै काम गर्दै आएको उनको भनाइ छ । ‘जरुरी पर्दा अहिले पनि सिंहदरबार जाने गर्नुभएको छ,’ थापाले भने, ‘सामान्यतया बालुवाटारकै ठूलो हलबाट प्रधानमन्त्रीले काम गर्दै आउनुभएको छ ।’ प्रधानमन्त्री पछिल्लोपटक सिंहदरबार गएको मिति भने बुझेर मात्र आफूले भन्न सक्ने उनको भनाइ छ ।

      पछिल्लो समय उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ । तर, प्रस्ट रूपमा अधिकार प्रत्यायोजन नभएकाले धेरैजसो काम प्रधानमन्त्रीमै गएर ठोकिन्छन् ।

      प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले भने कार्यालयका काम नियमित रूपमै भइरहेको दाबी गरे । नयाँ योजना बनाउनेदेखि समीक्षाका काम सुरु हुन लागेको उनको भनाइ छ ।

      २१ फागुनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि २ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ नियन्त्रणका लागि सार्क राष्ट्रका प्रमुखहरूसँग गरेको भर्चुअल छलफलमा भाग लिन प्रधानमन्त्री ओली सिंहदरबार पुगेका थिए । त्यस्तै, २९ चैतमा उनले मुख्यमन्त्रीहरूसँग कोरोना रोकथामका विषयमा पनि कार्यालयको एक्सन रुमबाटै छलफल गरेका थिए ।

      प्रधानमन्त्री भेट्न मुख्यसचिवले नै घन्टौँ कुर्नुपर्छ 

      विभिन्न कामका सिलसिलामा मुख्यसचिवले दिनमै पटक–पटक भेट्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओली कार्यालय आउन छाडेपछि उनलाई दिनमा एकपटक भेट्न पनि मुख्यसचिव शंकरदास बैरागीले घन्टौँ कुर्नुपर्छ ।

      स्रोतका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा राजनीतिक भेटघाटमा बढी व्यस्त हुने भएकाले मुख्यसचिव बैरागी दैनिकजसो बालुवाटार गएर घन्टौँ कुर्ने गर्छन् । ‘फाइल बोकेर बालुवाटार धाउँदैमा मुख्यसचिवज्यूको दिन बित्ने गरेको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यसबाट पनि प्रधानमन्त्री कार्यालय कसरी चलेको छ भन्ने थाहा हुन्छ ।’

      बालुवाटार ओहोरदोहोरमै मुख्यसचिव बैरागीको धेरै समय बित्ने गर्छ । जसका कारण मुख्यसचिवका अन्य कामसमेत प्रभावित हुने गरेका छन् । मुख्यसचिव भएको दुई महिना बित्दा पनि उनले सचिवहरूको बैठकसमेत राख्न सकेका छैनन् ।

      सतर्कता केन्द्र सचिवविहीन

      सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र हो, जुन यतिवेला सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।

      केन्द्र दुई महिनादेखि सचिवविहीन छ । सचिव नहुँदा सहसचिवले उजुरी छानबिन गर्ने र निर्देशन दिने आँट गर्दैनन् । अर्काेतर्फ अनुगमन तथा छानबिनका लागि बजेटसमेत कटौती भएका स्रोत बताउँछ । ‘बजेट नै नभएपछि कार्यालयका गतिविधि त्यसै सुस्ताएका छन्,’ केन्द्रका एक कर्मचारीले भने ।

      ……

      यो प्रवृत्तिले शासन प्रक्रियामै ठूलो असर पर्छ : डा. विमल कोइराला, पूर्वमुख्यसचिव

      प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ । राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।

      समन्वय, नीति निर्माणजस्ता विषय प्रधानमन्त्रीको जिम्मामा हुन्छन् । प्रधानमन्त्री नै कार्यालय नगएपछि यस्ता काममा अरूलाई चासो हुँदैन । मन्त्रीहरूको पनि सक्रियता घट्छ । प्रधानमन्त्रीलाई नै भेट्न गाह्रो भएपछि स्वाभाविक रूपमा सुस्तता आउने नै भयो, कर्मचारीको अनुशासनमा पनि कमी आउन सक्छ । त्यसको असर तल्लो तहसम्म पर्छ ।

      ……

      काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं सुरक्षित छ’ 

      सत्तारुढ नेकपाले मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्रीनिवास बालुवाटार सारियो । तर, काठमाडौं प्रहरीले भने धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं पूर्ण सुरक्षित रहेको जनाएको छ । ‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन । तर, नेकपाको पार्टी कार्यालयमा कुनै सुरक्षा जोखिम छैन,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘सुरक्षा दिन हामी सक्षम छौँ । धुम्बाराही मात्र होइन, सिंगो काठमाडौं सुरक्षित छ ।’

      मंगलबार बिहानै महासचिव विष्णु पौडेलले धुम्बाराहीमा तय भएको बैठक बालुवाटारमा बस्ने सूचना सचिवालयका नेताहरूलाई दिएका थिए । तर, अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक पार्टी कार्यालयमै बस्ने अडान लिए । त्यसको केहीबेरमा पौडेलले ‘सुरक्षा थ्रेट’का कारण बैठक बालुवाटारमै बस्ने जानकारी गराएका थिए । गृह मन्त्रालयको सिफारिस त्यस्तै रहेको उनको भनाइ थियो । शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो ।

      सुरक्षा निकायले भने पार्टी कार्यालयमा बैठक नबस्नुका पछाडि दुई कारण हुन सक्ने अनुमान गरेको छ । पहिलो, स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ हुने भएकाले । दोस्रो, खुला ठाउँ भएका कारण कार्यकर्ताबाट नाराबाजी हुन सक्ने भएकाले पनि प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कन नचाहेका हुन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै
        पत्रपत्रिका

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे
        पत्रपत्रिका

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे

        काग्रेस अझै अनिर्णीत
        पत्रपत्रिका

        काग्रेस अझै अनिर्णीत

        चुनावको तयारीमा निर्वाचन कार्यालय,
        पत्रपत्रिका

        चुनावका नाममा आयोगको १० करोड खर्च

        भटमास तेलले बढायो निर्यात
        पत्रपत्रिका

        भटमास तेलले बढायो निर्यात

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका
        पत्रपत्रिका

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        १६ मंसिर २०७७, मंगलवार २३:३२
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        १६ मंसिर २०७७, मंगलवार २३:३२
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        १६ मंसिर २०७७, मंगलवार २३:३२
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        १६ मंसिर २०७७, मंगलवार २३:३२

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        १६ मंसिर २०७७, मंगलवार २३:३२

        एलन मस्कले किने – ट्ठीटर ।

        १६ मंसिर २०७७, मंगलवार २३:३२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement