सुर्खेत । उर्जाशिल साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १२ स्थित सञ्चालनमा रहेको उक्त सहकारी संस्थाले आज एक कार्यक्रमको आयोजना गरी वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष टिका कुमारी खरालले साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाको आर्थिक प्रतिवेदन प्रबन्धक तेजप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए ।
वार्षिक साधारणसभामा वडा नम्बर १२ का वडाअध्यक्ष लाेकप्रसाद चालिसे, वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य यामुना नेपाली, साना किसान विकास बैंकका प्रतिनिधी पारशमणी मिश्र लगायतको आथित्यतामा संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।