स्विजरल्याण्डको एक प्रख्यात पर्यटकीय क्षेत्रमा नेपाल नामको झोलुंगे पुल छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो ।
स्विजरल्याण्डको बर्न क्षेत्रमा रहेको पहाडी इलाका जुन म्युरेन र जिमेलवाल्डको बीचमा रहेको एक पुलको नाम नेपालब्रक रहेको छ ।
त्यस क्षेत्रमा ढुंगाले बनेको पहाड चढ्न वर्षेनी लाखौँ पर्यटक जाने गर्छन् । जसलाई भिया फेराटा भनिन्छ । भिया फेराटाको कूल लम्बाइ २ दशमलव २ किलोमिटर रहेको छ ।
भिया फेराटा भनेको ढुंगाले बनेको पहाडै पहाड फलामे तारको सहायतामा हिंड्ने पर्यटकीय स्थल हो ।
यसबीचमा एउटा झोलुंगे पुल आउँछ जसलाई नेपालब्रक भनिन्छ । झोलुंगे पुल जमिनबाट ३ सय २८ फीट माथि छ भने यसको कूल लम्बाइ २ सय ६२ फीट रहेको छ ।
त्यस पुलको नाम नेपालब्रक किन रह्यो भन्ने प्रश्न भने रहस्यमै छ ।