उनलाई पूर्वमाओवादीभित्रमात्र होइन, अन्य दलहरूले समेत यस्तो आरोप लगाउँदै आएका छन् ।
प्रधानमन्त्री भइसकेको नेता, प्रमुख दलको मुख्य नेता बारम्बार अनाधिकृत रुपमा भारतीय दुतावास प्रवेशको घटनाले डा. बाबुराम भट्टराईमाथि गम्भीर प्रश्न उठाएको हो ।
पूर्वप्रधानमन्त्री भट्टराईको चार महिनाको भारतीय दुतावास आवत–जावतको ट्रयाक रेकर्ड फेला परेको छ । ।
ट्रयाक रेकर्ड अनुसार दुतावाससँग उनको सम्वन्ध अस्वभाविक बाक्लो छ ।यो समाचार नेपालवाचमा पुष्प ढुंगानाले लेखेका छन् ।
भदौ ९ गतेदेखि मंसीर १३ गतेसम्म मात्र बाबुराम भट्टराई ५ पटक भारतीय दुतावास लैनचौर पुगेका छन् ।
यसमध्ये कार्तिक महिनामा भने उनको गतिविधि शुन्य छ ।
यस अवधिमा भट्टराई कोरोना संक्रमण भएर घरमा आराम गरिरहेका थिए ।
कुन दिन, कति बजे, कति समय बसे बाबुराम भारतीय दुतावास ?
पछिल्लो समय मंसीर ५ गते शुक्रबार भट्टराई बा १८ च २८९८ नम्बरको गाडी चढेर साँझ ६ बजे भारतीय दुतावास लैनचौर छिरेका थिए ।
उनी ४० मिनेट पश्चात अर्थात ६ – ४० बजे दुतावासबाट बाहिरिए ।
यस्तै भदौ ९ गते राती ८ बजे, भदौ १३ गते विहान ९ बजे, भदौ २१ गते राती ७ बजे पनि भट्टराई भारतीय दुतावास पुगेका थिए ।
ट्रयाक रेकर्ड अनुसार भट्टराई एकै दिन दुई पटकसम्म दुतावास गएका छन् ।
गत असोज २ गते उनी दुई पटक दुतावास छिरेका थिए ।
असोज २ गते विहान १० बजे बा १८ च २८९८ को गाडी प्रयोग गरेर भट्टराई दुतावास छिरेका थिए ।
उनी ११ बजेर १० मिनेट जाँदा दुतावासबाट बाहिरिए ।
त्यहीदिन फेरि उनी साँझ ७ बजेर १९ बजे दुतावास छिरे ।
र ५० मिनेट बसेर फर्किए ।
प्रधानमन्त्री भट्टराईको दुतावास प्रवेशको ट्रयाक रेकर्ड यस्तो छ
भदौ ९ गते – मंगलबार
दुतावास प्रवेश समय : रातको ८ बजे
दुतावासबाट बाहिरिएको समय : ८ – ४० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८
भदौ १३ गते– शनिबार
दुतावास प्रवेश समय : विहान ९ बजे
दुतावासबाट बाहिरिएको समय : ९ – २५
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८ (सेतो स्कार्पिओ)
भदौ २१ गते – आइतबार
दुतावास प्रवेश समय : साँझ ७ बजे ।
दुतावासबाट बाहिरिएको समय : ८ – १० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)
असोज २ गते – शुक्रबार
दुतावास प्रवेश समय : विहान १० बजे
दुतावासबाट बाहिरिएको समय : विहान ११ – १० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)
त्यही दिन
दुतावास प्रवेश समय : साँझ ७ बजे ।
दुतावासबाट बाहिरिएको समय : साँझ ७ – ५० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)
मंसिर ५ गते – शुक्रबार
दुतावास प्रवेश समय : साँझ ६ बजे ।
दुतावासबाट बाहिरिएको समय : साँझ ६- ४० बजे ।
दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ)