एजेन्सी । यस वर्षको तेस्रो त्रैमासमा भारतीय अर्थतन्त्र पुनः खुम्चिएको छ । जुलाई सेप्टेम्बर त्रैमास अर्थतन्त्र साढे ७ प्रतिशतले खुम्चिएको त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतको कीर्तिमानी स्तरमा खुम्चिएको थियो ।
सेप्टेम्बर त्रैमासमा भारतीय अर्थतन्त्र ८ दशमलव ८ प्रतिशतले खुम्चने प्रक्षेपण अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । समीक्षा अवधिमा कृषि तथा म्यानुफ्याक्चरिङ क्षेत्र क्रमशः ३ दमलव ४ प्रतिशत र शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।
यसले अर्थतन्त्रमा छिट्टै पुर्नबहाली आउने अपेक्षा बढाएको छ । यसै महीना अटो, नन–ड्यूरेबल र रेल भाडाको उपभोक्ता मागमा भएको वृद्धिपछि भने अर्थशास्त्रीहरुले आर्थिक वृद्धि प्रक्षेपण झिनो दरमा बढाएका छन् ।