सुर्खेत । शनिबार बिहाना कालिकोटको राँचुलिमा भएको आगलागी पीडितलाई प्रदेश सरकारले आवासको व्यवस्थ गर्ने भएको छ ।
तिलागुफा नगरपालिका –४ राँचुलिको दलित बस्तीमा आगलागी हुँदा ३ घरका ११ घरपरिवार विस्थापित भएका थिए ।
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निरीक्षण पश्चात राहत र आवासको व्यवस्थापन गदिदिने आश्वासन दिए ।
साथै मुख्यमन्त्री शाहीले शनिबार नै निरीक्षण क्रममा आवाश्यक सामाग्रि, लत्ताकपडा, भाडाकुँडा, र खाद्यान्न सामाग्रि बाँडेका थिए । मुख्यमन्त्री शाही हेलिकप्टर मार्फत कालिकोट पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार शनिबार बिहान करिब ६ बजेको समयमा आगलागी भएको हो ।
आगलागीबाट मानविय क्षती भने भएको छैन् ।