कालिकोट । तिलागुफा नगरपालिका – ४ राँचुलिको दलित बस्तीमा भिषण आगलागि भएको छ ।
राँचुलिका चार घरमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बिहान ६ बजेको समयमा स्थानीय एक घरमा चुलोमा बालेको आगो घरमा सल्किदा छिमेकी तीन घरमा आगो सल्किएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसा तीन घरमा १० परिवार बस्दै आएको बुझिएको छ ।
उनले तीन घर जलेर नष्ट भएको बताए । आगोले गोठमा रहेको एक गाई र बाच्छो समेत मरेको शाहले जानकारी दिए ।
आगो स्थानीयले नियन्त्रणमा लिईसकेको र थप नियन्त्रण तथा अनुसन्धानको लागि जिल्ला बाट टोलि गईसकेको छ ।
आगलागिबाट मानविय क्षती भने भएको छैन । भौतिक क्षतिको विवरण निकाल्न नसकिएको प्रहरीले जनाएको छ ,। onlainnewskbr