वि. सं. २०१२ सालतिर दुल्लू बाहुनगाउँका गणेशबहादुर शाहको घरपछाडि मिल्किएको चारपाटे ढुंगोलाई स्थानीय जनसमुदायको सहयोगमा कीर्तिस्तम्भ नजिक ल्याएर ठड्याइदिएको र त्यसमा उत्कीर्ण भएको अभिलेखलाई वि.सं. २०१३ सालमै प्रकाशित इतिहास प्रकाशको दोस्रो अंक पहिलो भागको पृष्ठ २२४ मा उल्लेख गरिएको छ । २०३५ सालतिर यही अभिलेखलाई विद्वान् पूर्णप्रकाश नेपालयात्रीले नेपाली भाषाको पहिलो अभिलेख भनेर ठोकुवा गरिदिनुभयो । त्यसपछि यो अभिलेखले पनि थुप्रै चर्चा पाउन थाल्यो । पादुकास्थित सउना कार्की र साउका कक्र्यानीको अभिलेख पनि पुरानै भनिएको छ । जेठो ढुंगो कुन हो भन्ने निक्र्योल भएको छैन । ढुंगाको कार्बनडेटिंग हुँदैन । त्यसैले भाषाविद् र पुरातŒवविद्का आ–आप्mनै फरक फरक तर्कहरू रहेका छन् । योगी नरहरिनाथले पाथरनाउली मुन्तिरको धाराका ढुंगाका टुक्राहरू घर घरबाट बटुलेर कीर्तिस्तम्भ नजिक थुपारी सबै टुक्रा जोडी पढ्दा मुढेदेवलको अभिलेख भनी ठोकुवा गरिदिनुभयो । यो अभिलेख अहिले कीर्तिस्तम्भको पीँधको वरिपरि सजाइएको छ । कीर्तिस्तम्भकै मुनि राखिएकोले अबको पचास वर्षपछि दुल्लु पुग्ने अन्वेषकले कीर्तिस्तम्भको अभिलेख भनेर त्यसलाई पनि पढ्न पुग्योभने उसको सातो जान बेर लाग्ने छैन । एउटै स्थानमा फरक प्रसंगका अभिलेखले कीर्तिस्तम्भको मौलिकता पनि अप्रभंस हुने ठूलो खतरा रहेको छ । इटालियन अन्वेषक गिसेप टूची तीब्बततिरबाट बौद्ध अवशेष खोज्दै वि. सं. २०१२ सालमा दुल्लू आइपुग्दा योगी नरहरिनाथले कीर्तिस्तम्भमा रहेको अभिलेखलाई पहिल्यै नै गोरक्षग्रन्थमालाका विभिन्न पुस्तक पुस्तिकाहरूमा प्रकाशन गरिसकेको देखेपछि टुची पाथरनाउलीभन्दा तल झर्न चाहेनन् । तलतिरका सबै अभिलेखहरू योगीले छानवीन गरी छापिसकेको अनुमान गरे उनले । केही कोश दक्षिणको फाँटमा रहेको काँक्रेविहारको पनि उनले पत्तै पाएनन् । त्यसैले कीर्तिस्तम्भको सबैभन्दा तलका दुई हरफ अभिलेख योगीले मात्र शुद्ध पढ्न सकेको कुरा आप्mनो पुस्तकमा उल्लेख गर्न छुटाएनन् । पादुकास्थानमा गजधम्म बसेको अशोकचल्लकालीन सउना कार्की र साउका कक्र्यानीको प्रस्तर अभिलेखस्तम्भलाई ३÷४ वटा गाउँका स्थानीय व्यक्तिहरूको सहयोगमा पादुका खोलाबाट माथिसम्म ल्याएर खडा गरेको पूर्ण विवरणसमेत योगीले आप्mनै हस्ताक्षरमा लेखेर छोड्नु भएको छ । पाथरनाउलीमा पानी छ, त्योभन्दा तल पनि एउटा नाउली छ, कीर्तिस्तम्भको सोझै पूर्वतिर रहेको खेतबारीको आसपासमा धारा हुनुपर्दछ, दुल्लू दरबारको पश्चिम खोँचमा पनि धारा हुनु पर्दछ भनेर योगीले ठोकुवा गरेका अवशेषहरू अहिले दुल्लूको सौन्दर्य बन्न पुगेका छन् ।
दैलेखको ऐतिहासिक एवम् पुरातात्विक अन्वेषणमा योगी नरहरिनाथ अग्रणी पुरुष नै हुन् भन्दा अत्युक्ति हुने छैन । खसमल्ल साम्राज्यको अध्ययनअनुसन्धानमा पहिलो पाइलो हाल्ने व्यक्ति र पश्चिम नेपालको समृद्ध इतिहासलाई संसारभरि फैलाउने व्यक्ति योगी नरहरिनाथ नै हुन् भन्न पनि कसैले हिच्किचाउनु पर्दैन । योगी नरहरिनाथका खुट्टाले नकुल्चिएको ठाउँ शायदै होला दैलेखमा । दैलेखका डाँडा, पाखा, पँधेरा, खोल्साखाल्सी, घु¥यान् आदि इत्यादि सबै ठाउँमा योगी नरहरिनाथ पुगेको देखिन्छ । दैलेख बजारको फराकिलो बाटोमा चिल्ला ढुङ्गा ओछ्याएको र चिल्लो बाटोमा चिप्लिएर लडेको सम्झनेहरू त समाजमा अब होलान् कि नहोलान् । नयाँ पुस्ताले त त्यो बाटोको कथा मात्र सुनेको छ वा छैन भने चिल्ला ढुंगा ओछ्याएर बाटो बनाउने साधकको नाम नामेसी थाहा पाउन त सम्भव नै भएन । तर, योगीले तिनको नाम नामेसी र ढुंगा छापिएको संवत् समेत आप्mना पुस्तकमा प्रकाशन गरिदिनुभएको रहेछ । योगीका अन्वेषणहरूले डंका पिट्न थालेपछि केही स्वदेशी अन्वेषकहरू दैलेख पुगेको देखिन्छ । तर, त्यतिबेला पनि ती स्वदेशी अन्वेषकहरूले थप केही नयाँ पत्ता लगाएको देखिँदैन । उही योगीकै खोजलाई ओल्टाइ पल्टाई आप्mना धारणा र वौद्धिकता बतुर्ने मेसो मात्रै गरेको देखिन्छ । करिब २०२७/०२८ सालपछि पश्चिम नेपालको जनजीवन अध्ययन गर्न आएका बेलायति जोडीले योगीको कामलाई पछ्याउँदै तस्वीरसम्म खिचेर राखिदिने काम गरेछन् । अहिले तस्वीरमा देखिने बहुसंख्यक अवशेष त बाँकी रहेनन् नै । तिनै तस्वीर मात्र भए पनि अध्ययनको बाटो बन्न सक्दछन् ।
योगी नरहरिनाथले दैलेखका ढुंगामाटो मात्र केलाएछन् भन्नु पनि मूर्खता नै ठहरिनेछ । दैलेखमा प्रचलित देउडा, ठाडी भाका, भारत आदि त योगीले २००७÷०८ साल तिरै छापिसकेका रहेछन् । त्यसै गरी दुल्लूका विपन्न परिवारको कल्याणका निमित्त योगी नरहरिनाथले २०१० सालतिर मुष्ठिदान योजना नै सञ्चालन गरेको प्रमाण पाइएको छ । दैलेख २८ जातजातिको उद्गमस्थल हो भनेर २०१२ सालमै इतिहासप्रकाशमा छापिदिने व्यक्ति पनि योगी नरहरिनाथ नै हुन् । अबको पालो दुल्लूनगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घनश्याम भण्डारीजीको हो । उहाँ अहिले योगीले खोजिदिएका कुरा बचाउन सक्ने महŒवपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ । पहिले पनि घनश्यामजी यस क्षेत्रमा जागरूक नै हो । मेरा लागि त झन् अध्ययनको मूल स्रोत नै श्रद्धेय घनश्याम भण्डारीजी हो । मेरा तीनवटै कृतिहरूमा उहाँको अतुलनीय योगदान छ । मेरा चीर सहयोगी भएका कारण र म स्वयम् पनि योगी नरहरिनाथको अनुयायी भएका कारण श्रीभण्डारीजीलाई मेरो व्यक्तिगत सहयोग सदा रहिरहने छ । उहाँको सफल कार्यकालको शुभचिन्तक पनि हुँ म । सबै विद्वान् पाठकहरूलाई यहाँनिर म के अनुरोध गर्न चाहन्छु भने योगी नरहरिनाथका १÷२ वटा पुस्तक अध्ययन गरेर योगी के हुन् र भन्ने भ्रमबाट मुक्त हुन विनम्र अनुरोध गर्दछु । योगी नरहरिनाथले प्रकाशन गरेका पुस्तकहरूको संख्या ६ सयभन्दा बढी छन् । विभिन्न २८ वटा भाषामा योगीका कृतिहरू प्रकाशित छन् । त्यसमध्ये करिब ४ सय पुस्तक योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय, मृगस्थलीमै रहेका छन् । करिब १२ सय अप्रकाशित पाण्डुलिपिहरू भेटिएका छन् । योगी के थिए र को थिए भन्ने कुरा पनि दुल्लूलाईभन्दा अरूलाई राम्रो जानकारी नहोला भन्छु म । पुरानाहरू कोही जीवित हुनुहुन्छ भने बुभ्mन सकिन्छ । त्यसकारण १/२ वा २/४ वटा पुस्तक पढेर योगीको योगदान बुझ्न सहज छैन । सबैलाई हेक्का रहोस् ।
सबै विवरण प्रकाशनको तयारीमै रहेकोले यहाँ उल्लेख गरिहाल्नु सान्दर्भिक देखिँदैन । श्रीबृहद् आध्यात्मिक परिषद् र योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालयमा अहिले योगीका सामग्रीहरूको संरक्षण भइरहेको छ । मध्यपश्चिम, सुदूरपश्चिम र दैलेखका पनि थुप्रै अप्रकाशित सामग्रीहरू पाइएका छन् । ती सबै सामग्रीहरू यथासम्भव चाँडो प्रकाशन गर्ने तयारी अघि बढेको छ । म आपूm स्वयम् दैलेखी भएकोले यो विषयमा म आफै पनि सक्रिय रहेको छु । तसर्थ दैलेखमा योगीको योगदानका विषयमा तथ्यगत एवम् यकीन जानकारीका लागि अझैँ केही समय कुर्नैपर्ने हुन सक्दछ । त्यसपछि मात्र सोलोडोलो सबै जानकारी हुनेछ । मेरो व्यक्तिगत व्यस्तताका कारण अत्यन्त समयाभावले पीडीत रहेको र श्रीबृहद् आध्यात्मिक परिषद्ले नै योगी नरहरिनाथको योगदानका सन्दर्भमा पुस्तक प्रकाशन गर्ने तयारीमा रहेका कारण प्रकाशन वर्गले अपेक्षा गरेबमोजिमको लेख बनाई पठाउन नसकेकोमा क्षमा याचना गर्दछु ।
ॐ शिव गौरक्ष ! जय नरहरे ! (दैलेख-काठमाण्डाैं सम्पर्क समिति स्मारिका २०७४ बाट सभार अंश )