सिँजा राज्यको हिउँदे राजधानी तथा पञ्चकोशी क्षेत्रका रुपमा परिचित दैलेखको ‘दुल्ल’ विविधतामा एकता भएको नगरपालिका हो । नेपाल एकीकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत् १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएतापनि २०१८ सम्म यो छुट्टै राज्यका रूपमा स्थापित थियो । त्यसपश्चात, दुल्लु राज्य विघटन भएर दैलेख जिल्लामा गाभिएको हो । त्यसपछि दुल्लु राज्यका सबै दराहरूलाई बाँडेर तत्कालीन गाउँ पञ्चायत बनेका थिए ।
अहिले साविकका दुल्लु, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी, छिउडीपुसाकोट, गमौडी, कालभैरव, गौरी र मालिका गाविस मिलेर दुल्लु नगरपालिका बनेको छ । भौगोलिक र जनसंख्या दुबैको हिसाबले कर्णाली प्रदेशकै दोस्रो ठूलो नगरपालिकाको रुपमा रहेको दुल्लु एक पर्यटकीय सम्पदाको खानी मात्र नभै हावापानी, कृषि उत्पादन् र जडिबुटीका हिसाबले पनि उत्तम मानिन्छ । भौगोलिक भु–धरातलका हिसाबले छरिएका वस्ती, स्थानीय सरकारलाई राज्यको न्युन बजेटका बाबजुत पनि दुल्लूले आर्थिक समृद्धितर्फ फड्को मार्दै गएको छ ।
पूर्वमा नारायण नगरपालिका र डुंगेश्वर गाउँपालिका, पश्चिम चामुण्डाविन्द्रासैनी नगरपालिका, उत्तर भैरवी गाउँपालिका र दक्षिणमा गुराँस गाउँपालिका र अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका सँग सिमाना जोडिएको यो नगरपालिकालाई चार–चारओटा राष्ट्रिय राजमार्गले छोएको छ । देश संघीय संरचनामा आउनु पहिले नगरपालिका बनिसकेको थियो । संघीयता पछिको स्थानीय सरकार स्थापना भएपछि यहाँको, शैक्षिक, भौतिक पूर्वाधार र आर्थिक विकासको क्षेत्रमा ठूलो परिर्वतन आएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी बताउँछन् । जल, जडिबुटी, पशुपालन्, र धार्मिक एवम पर्यटकीय क्षेत्रको निकै स्म्भावना रहेको यो नगरपालिकाले सबै भन्दा पहिले यहाँको रैथान्ने संस्कृतिलाई जगेर्ना गर्नु नै प्राथमिक्ताको विषय हो । करिब दुई बर्षमा नगरपालिकाले सबै वडातहमा कच्चि सडकहरु निर्माण गरिसकेको छ । ‘अहिले डबल कटिङ्को कार्य पनि सम्पन्न भईसकेको छ ।
‘दुल्लू’ खस राज्यको आदिभूमि भएकाले यहाँको सभ्यतालाई झल्काउनका लागि वडा–८मा दुल्लू साँस्कृतिक संग्रहालयको स्थापना गरिनुका साथै पञ्चकोशी ज्वाला सभ्यता तथा पञ्चकोशी क्षेत्रको विकासका लागि डिपिआर कार्य अघि बढेको नगर–प्रमुख भण्डारीले बताउँछन् ।
जनताको अपेक्षा अनुरुप नै शैक्षिक क्षेत्रको विकास तथा शिक्षाका लागि शहरी बसाईसराईलाई कम गर्नका लागि सबै वडामा एक–एक नमुना विद्यालयको निर्माण गरी गुणस्तरिय प्राविधिक शिक्षा प्रदानमा जोडबल गरिएको छ । भण्डारीका अनुसार प्रदेश सरकारको सहयोगमा १३ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने तयारी छ । ‘दुल्लुमा खानेपानीको समस्या पहिले देखिनै हो,’ सामान्यतया रकमले नागरिकलाई खानेपानीको पहुँचमा जोड्न सकिने अबस्था छैन् । साझेदारी निकाय संगको समन्वयमा अहिले ४ वटा लिफ्ट खानेपानी निर्माणधिन अबस्थामा छन् । २ वटा खानेपानीका ठूला योजनाको डीपीआरको कार्य भई यसै आर्थिक बर्षमा काम अघि बढाउने तयारि नगरपालिकाको छ ।
भण्डारीले ‘कृषिलाई व्यावसायीक खेती प्रणालीमा अघि बढाउनुका साथै सबै नागरिकहरुलाई स्वास्थ्य क्षेत्रको सहज पहुँच ल्याईसकेको छ । २०५१ सालमा शुरु भएको तल्लो डुङ्गेश्वर–दुल्लू पीपलकोट सडकको दुल्लू खण्ड रहेको भागमा पक्की सडक निर्माण गर्नुका साथै माथिल्लो डुङ्गेश्वर–बैंक–कुसापानी सडकको स्तरोन्नतीकोे काम भएको छ । साना शहर आयोजना अन्तरगर्त दुल्लू नगरपालिका भित्र ‘रिङ रोड’ निर्माणका लागि दुल्लू न.पा. १०,११,१२र १३ को स्थानमा काम अघि बढिरहेको छ । ‘अहिले आर्थिक चहल पहल निकै बनेको छ ,’भण्डारीले भने,‘ हालसम्म जम्मा २८६ कि.मि सडक स्थापना भईसकेको छ ।
अव नगरको लक्ष्य भनेको सडकको स्तरोन्नती गर्ने हो । अर्गानिक होमस्टे स्थापना गरिएका छन् ,’भने् प्रदेश तथा संघीय सरकारको सहयोगमा पञ्चकोशी क्षेत्रको निर्माण तथा उचित व्यवस्थापन गरि आन्तरिक तथा वाह्य पर्यटकलाई सहज आवत–जावतको व्यवस्था राम्रो व्यवस्थापन कार्य अघि बढाई ‘पञ्चकोशी सर्किटको काम अघि सारिएको छ ,’ जुन यहि बर्ष देखि सञ्चालन हुन्छ ।
यहाँका विभिन्न पर्यटकीय स्थलहरु सम्म पुग्नको लागि सडकको सहज पहुँच पर्यटकीय सडकको कार्य अघि बढेको छ,’भण्डारीले भने,‘ विगत दुई बर्षमा जम्मा घरघुरीको ६० प्रतिशत घरधुरीलाई विद्युतको पहुँचमा जोडिसकिएको छ ,’भने् ४० प्रतिशतलाई यहि बर्षमा जोडिसक्ने लक्ष्य छ ।’ यस्तै दुल्लू नगरपालिका वडा नं. ८ चगत्रा देखि वडा नं. १३ विनायकसम्मको मुख्य शहरी क्षेत्रको विद्युत लाईनलाई अन्डर ग्राउण्ड गर्ने कार्यका लागि साना शहरी कार्य अन्तरगर्त गुरु योजना निर्माणको कार्य भईरहेको छ ।
दुल्लु आधुनिक खेती प्रणाली र पर्यटकीय केन्द्रको ‘हव’ का रुपमा विकासका लम्किँदै छ । वैदेशीक रोजगारलाई न्युनिकरण गर्नका लागि सीप विकास केन्द्रको स्थापना गरी सीपका आधारमा रोजगारि सृजना गर्न लागिएको नगरप्रमुख भण्डारीले बताए । उनका अनुसार अनुसार साविकका गाविस तथा खाली रहेका सामुदायिक भवनमा सीप विकास केन्द्र सञ्चालन गरिँदै छन् । ‘‘वहुप्राविधिक शिक्षालय स्थापना गत बर्ष देखि नै सञ्चालनमा ल्याईएको र भवन निर्माणका लागि यो बर्ष १ करोडको टेण्डर आह्वान गरिएको छ ।’’ दुल्लुमै प्राविधिक स्रोत साधन् तथा वन विज्ञान कलेज स्थापनाको तयारि थालिएको छ,’ यसको लागि विभिन्न निकाय सँगको सहकार्यमा ६ करोड रकम बजेट छ, भने ‘करोडौँ मुल्य पर्ने ८२ रोपनी जग्गा स्थानीयले दान गरेका छन ।
“दुल्लु कर्णाली ज्वाला र सिँजा सभ्यताको त्रिवेणी जस्तै हो । दुल्लु सँग ज्वाला सभ्यता छ ,’ त्यसैले दुल्लु धार्मिक सामाजिक साँस्कृतिक र पर्यटकीय रुपमा बेग्लै पहिचान र ईतिहास बोकेको नगरपालिका हो ।”
कृषिक्षेत्रको विकासका लागि अहिले ३ ओटा कृषि सडकहरु स्थापना गरिँदै छन् । दुल्लु तरकारि र फलफुलको पकेट क्षेत्र भएकाले यहाँका कृषकहरु सुन्तलाबाटनै परिपुरक हुन सक्ने सम्भावना छ,’ सुन्तला जोन कार्यक्रम ल्याईएको छ । गत आवमा मात्रै ३६ नयाँ बगैँचा स्थापना भएका छन् ।
यस्तै आधुनिक कृषि प्रणालीमा कृषकलाई अग्रसर गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरिएको छ । दुल्लु मासुमा आत्मनिर्भर र दुधमा मध्यम वर्गमा पर्छ । खेतीपाती तर्फ मकै, गहुँमा आत्मनिर्भर भएपनि जलवायु परिवर्तन् र बँदेलका कारण धान उत्पादन् नभई चामल वाहिरबाट निर्यात गर्नुपर्ने अबस्थालाई कम गरिने छ ।
स्वास्थ्य क्षेत्रमा परिर्वतन आएको छ । दुल्लुलाई ‘स्मार्ट’ सिटीको रुपमा विकास गर्नका लागि नेपाल सरकारले अवधारणा लिएको छ । यस क्षेत्रमा ‘स्मार्ट’ शहर कार्यक्रम अन्तरर्गत २५ करोड भन्दा माथिका ३ वटा योजनाहरु सञ्चालन् हुने छन् भनेर साना शहरी कार्यक्रम अन्तरगर्तका ३० करोड भन्दा माथिका २ वटा योजनाहरु अघि बढ्ने प्रमुख भण्डारीले बताए ।
‘नगरपालिकाको दुल्लु बजार भु–धरातलको हिसाबले पनि निकै मिलेको ठाउ भएकाले अहिले यहाँ करोडौँ लगानीका होटेल सञ्चालन हुने प्रक्रियामा छन् ।’ ठुल्ठुला घरहरु निर्माण भईरहेका छन् । दुल्लुमा सञ्चारको सहज पहुँचका लागि दुल्लू नगरपालिका वडा नं. ८ (पुरैबजार क्षेत्र) को घियाँतिदूदेखि दुल्लू न.पा. १३ को बिनायक सम्म ‘केडिडीआई फाउण्डेसन ’जापान र आईसिडि डि फोर्जीको आर्थिक सहयोगमा अप्टिकल फाइबरको काम सकिएको छ ,’जुन कर्णालीमै पहिलो हो । हामीले जति सोचेका थियौँ,’ त्यो अनुसार काम गर्न चुनौतीपुर्ण छ ,’भण्डारीले भने ‘प्रमुख समस्या नै जनशक्ति अभाव हो ।
अहिले थपिनेमा जनशक्ति घट्दो अबस्थामा भएकाले झन विकासका क्षेत्रमा चुनौति थपिने सम्भावन देखिन्छ । दुल्लु कर्णाली ज्वाला र सिँजा सभ्यताको त्रिवेणी जस्तै हो । दुल्लु सँग ज्वाला सभ्यता छ ,’ त्यसैले दुल्लु धार्मिक सामाजिक साँस्कृतिक र पर्यटकीय रुपमा बेग्लै पहिचान र ईतिहास बोकेको नगरपालिका हो ।
दुल्लु दरबारको ईतिहास देखि नेपाली भाषाको पहिलो शिलालेख समेत दुल्लुमा छ भने् पाथरनाउली, धुलेश्वर, देवलहरु, विरखम्ब, नाउला र ढुङ्गेधाराहरु समेत यहाँ रहेका छन् । जातजातीको उद्गम थलो भनेर पनि दुल्लुलाई भनिन्छ । पर्यटकीय निकै सम्भावना रहेको यस क्षेत्रको पर्यटकीय विकासका लागि विभिन्न कामहरु भएका छन् ।
हेर्नुहोस पत्रकार विशाल सुनारले कैद गर्नुभएका केही तस्वीरहरु :









