दैलेखका यी ठाउँ कुनै कुशल कलाकारले कोरेका सुन्दर चित्र जस्तै मनमोहक छन् ।
दैलेखका पर्यटकीय गन्तव्यस्थल ज्वाला देखी झरनासम्म
नेपालमा धार्मिक एवं पर्यटकीय हिसाबले काठमाण्डौ र लुम्बिनी पछि तेस्रो स्थान पर्दछ । जिल्लामा रहेका ऐतिहासिक धार्मिक र सदियौं देखी पानी माथि निरन्तर आगो बल्ने हुनाले पर्यटकयको लागि यो क्षेत्र मुख्य आर्कषण बनेको छ । पानीमाथि सदियौं देखी बलिरहने आगोलाई देवताको रुपमा मान्दै आएका छन् । संस्कृतमा आगोलाई ज्वाला मानिएकोले त्यसपश्चात यसलाई ज्वालाको उपमा दिएको पाइन्छ ।
पौराणिक कालमा राजामहाराजाहरुले देवता मान्दै आएकोले कर्णाली प्रदेशका बासिन्दाले देवताको रुपमा पुजाआजा गर्दै आएका छन् । तर ज्वाला कति सालमा भेटिएको हो कसले भेटाएको हो भन्ने अहिले सम्म पत्तो लागेको छैन । देवताको रुपमा बढी चिनिएको छ ।
जिल्लामा आउने अधिकाँश नेता ज्वाला क्षेत्रको दर्शन गर्छन । तर केही महिना देखी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खनन् भईरहेकोले ज्वाला जाला भन्नेमा स्थानीय बासी चिन्तित छन् । पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस भएको खानी तथा भूगर्भ विभागले पनि पहिल्यै पुष्टि गरिसकेको थियो । चिनियाँ टोलीको प्रतिवेदनमा पुनः लिक्विफाइड पेट्रोलियम (एलपी) ग्याँस सजिलै भर्न सकिने प्रतिवेदनमा भए पश्चात उत्खनन थालिएको छ ।
चिनियाँ विशेषज्ञको टोलीले पेट्रोलियम पर्दाथ रहेको पुष्टि भएपछि ग्याँस प्रशोधन भए आफुहरुको आयआर्जन बृद्धि हुनुका साथै विकास निर्माणमा सहयोग हुनेमा जिल्लाबासी आशावादी छन् । ग्याँस प्रसोधन भएमा दैलेखबासीको मात्र होइन सिगो मुलुक समृद्धतिर अगाडी बढने बुद्धिजीविको भनाई छ । हामी सरकार ढिलासुस्तीले गर्दा नै पछि परेका हो । ग्याँसबारे पहिले चासो दिएको भए हाम्रो आयआर्जन र विकासमा केही फड्को मारिसकेका हुने थियौं ।
पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभ्रंसस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ । कतिपयले धेरै मात्रामा दुध दही पाइने भएकाले दहीलेक अपभ्रंस भई दैलेख बनेको अर्काथरीका मानिसको किवन्दती रहेको छ । सिगो कर्णाली प्रदेशका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने सम्भावना प्रशस्त छ ।
नेपाली भाषाको उत्पत्ती जुम्लाको सिंजा राज्यलाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैेलेखको दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढाईपालद्धारा शाक्य ९ सय तिन तदअनुसार बिक्रमसंवत १ हजार ३८ को शिलालेख दैलेखको दुल्लू नगरपालिकामा रहेको छ । भने विक्रम सम्वत १४ सय १४ को पृथ्वी मल्लले बनाएको सात हात लामो किर्तिस्तम्भ पनि दुल्लुमै रहेको छ । नेपाली भाषाको वि.स. १ हजार ३८ को किर्तिखम्ब साथै नेपाली भाषा सुरुवातको पहिलो ९ सय ३८ बर्ष पुरानो सिलालेख समेत दुल्लु क्षेत्रमै रहेको छ ।
नेपालकै पवित्र तिर्थस्थलमध्ये पञ्चकोशी तिर्थस्थल यसै जिल्लामा पर्दछ । श्रीस्थान, नाभिस्थान, कोटीला, पादुका, धुलेश्वर, भैरवी, तल्लोढुगेश्वर मुख्य तिर्थस्थलहरु हुन् । पञ्चकोशी तिर्थस्थलसंगै सदरमुकाममै रहेका बेलासपुर , गणेशमन्दिर, स्वामि कार्तिक मन्दिर, सरस्वती, भगवती मन्दिर, भिमसेन, बागभैरब मन्दिर, नारायण , बज्रभैरब मन्दिर रहेका छन् । बिन्द्रासैनी, भवानीमाई, नौधारा, भैसाखोर, दुधेमष्ट, बुकिमाई, मालिका देवी, दाणेमष्ट, जगनाथ माहावै, बडाभैरब, कालसैनी कालिका लगायतका मठ मन्दिरहरु जिल्लाभर छरिएर रहेका प्रसिद्ध मन्दिरहरुमा पर्दछन् । धार्मिक तथा पुरातात्विक स्थलहरुमा दुल्लुमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, किर्तिखम्ब, पाथरनाउली, सातखम्ब, पञ्चदेवल, बाणगंगा, पौवा, दुल्लुदरबार, लकान्द्रको भीमपाईला रहेका छन् भने, अन्य पर्यटकिय स्थलहरुमा गुरासे, रानिमत्ता, राकम कर्णाली, माहाबु, तिनचुले, द्धारीको बुलबुल झरना, कुईयाँको ताल, भैरब कुन्ड, धाउरपानी गुफा, रानिगुफा, छहारी गुफा पर्दछन् ।
दैलेख सदरमुकाममै जोडिएको ऐतिहाँसीक कोतगढी, जिल्लाभर रहेका ऐतिहाँसीक देवलहरुमध्ये सवैभन्दा धेरै २५ देवल रहेको भुर्ती स्थित पञ्चदेवल र सोको नजिकै रहेको यो पञ्चदेवललाई संयुक्त राष्ट्रसंघिय युनेस्कोले ९ सय बर्ष अघि साके संवत १३२१ बैशाकमा निर्माण गरिएको भन्दै विश्व सम्पदा सुचिमा सुचिकृत गर्न सिफारिस समेत गरेको छ । यो लगायत बाटैभरि रहेका ढुगांका खम्बाहरु, कुईकाना, जाहारकोट, किमुगाउँ, काँसीकाँध, बेहुली र देउलीका पञ्चदेवलहरुपनी पुरातात्विक स्थलहरु मध्येकै नमुनाका रुपमा पर्दछन् ।
स्वस्थानी वत्रकथा उल्लेख भएअनुसार सत्ययुगमा माहादेवकी पत्नी सत्तिदेवीको मृत्यु भएपछि महादेवले सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतिदेवीको हडी पतन भई ढुगेश्वर कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नाभि पतन भई नाभिस्थान, पाउ पतन भई पादुका, र बाँकी अंस पतन भई धुलेश्वर सक्ती पिठहरु रहन गएको भन्ने उल्लेख गरिएको छ । पञ्चकोशी तिर्थ यात्रा पुरा गरे जिवनमा गरेका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने भक्तजनहरुको विश्वास रहेको छ ।
१) शिरस्थान
ज्वाला क्षेत्र भएको एक महत्वपूर्ण धार्मीक क्षेत्र हो शिरिस्थान । श्रीस्थान मन्दिरको ज्वालाको दर्सनका लागी दैलेख बजारबाट १ घण्टा पैदल र आधा घण्टा सवारी साधनमा श्रीस्थान पुग्न सकिन्छ । नेपालकै भुमिमा सवैभन्दा महत्वपुर्ण मानिने पानीमाथी सदियौदेखि निरन्तर बलिरहेको ज्वाला बलेको देख्न सकिन्छ । खोलाको भित्ताभित्ता पनि बलिरहेको ज्वाला यहाँ देख्न सकिन्छ ।
दैलेख सदरमुकामदेखी ८ किलोमिटर पश्चिम गमौडी गाविसमा पर्ने श्रीस्थानमा ज्वाला निरन्तर बलिरहेको छ । यस ठाउँमा खोलाको पानीमा देखिने भुल्काहरुमा समेत आगो बलेको हेर्न पाईन्छ । वि.सं.१६२५ मा दुल्लुका राजा प्रताप शाही र वेलासपुरका राजा संग्राम शाहीले संयुक्त रुपमा श्रीस्थान ज्वाला मन्दिर निर्माण गरेको सिलालेखमा उल्लेख गरिएको छ । जिल्लामा मानिसहरुको मृत्यु हुँदा श्रीस्थान र नाभिस्थानमा रहेको ज्वालाको आगोबाट दाहासँस्कार गरे स्वर्गलोक पुग्ने मान्यता रहिआएकाले जिल्लाभरका मृत्यु भएका मानिसहरुको शव दाहसंस्कार गर्न श्रीस्थान र नाभिस्थान आर्यघाटमा पु¥याउने परम्परा रहेको छ । टाढाका मानिसले ज्वाला कपडा आगो सल्काएर दाहसस्कार गर्ने चलन छ ।
२) कोटिला
कोटिला सदरमुकामदेखी पैदल १ घण्टामा पुगीन्छ भने सवारी साधनमा आधा घण्टामै पुगीन्छ । यहाँ सत्तिदेवीको कोख पतन भएकाले त्यस क्षेत्रलाई कोटीला नामाकरण गरिएको हो । सुमेरु पर्वतका रुपमा पहिला छामघाट र कोटीला खोलाले घेरेको टापुमा दधिची ऋषिले तपश्या गरेको बरपिपलको बुटाहरुसँगै रहेको देखिन्छ । कोटीला मन्दिर क्षेत्रमा दिनरात पुजाआजाका लागी साधु सन्त र माई बस्ने आश्रम समेत निर्माण गरिएको छ ।
३) नाभिस्थान
श्रीस्थानबाट आधा घण्टाको पैदल यात्रापछि उत्तर तर्फपर्ने नाविस्थानमा पुगीन्छ । श्रीस्थानमा जस्तै नाविस्थानमा पनी ईन्द्र ज्वाला र बडी ज्वालाका नामले दुईवटा ज्वालाहरु अहोरात्र बलिरहेको देखिन्छ । यहाँ कालभैरबको मन्दिर छ जसलाई पुजा गर्ने दिन पुजारीले बाहेक अरु कसैले हेर्न नहुने भन्ने मान्यता रहेको छ । नाविस्थानमा रहेको ढेड सय बर्ष पुरानो स्वामिको रुखले यो ठाउँलाई अँझै मनमोहक बनाएको छ भने नेपालको दुर्लभ मानिने ३०० वर्ष पुरानो रुद्राक्षको बुटा समेत नाभिस्थानमै रहेको छ ।नेपाल भ्रमणमा हिडेका योगी नरहरि नाथले नाभिस्थानमा कोठीहोम गरि दैलेखमा रहेका ऐतिहाँसिक, पुरातात्विक सिलालेख, अग्निकुण्ड, छिपेका मुलहरु र लुकेका मुर्तिहरुको समेत उत्खनन् गरेको पाईन्छ । नाभिस्थानमा पनी श्रीस्थानमा जस्तै गाधीघर छ भने दुल्लुका राजा भक्त बहादुर शाहले १७ सय ९४ मा चढाएको घण्ट लगायतका सामाग्रीहरु रहेका छन् । यहाँपनी गुठिबाटै पुजारी र महन्तले पुजाआजा चलाउँदै आएका छन् ।
४) धुलेश्वर
नभिस्थानबाट दुई घण्टा पैदल यात्रापछि उत्तर पश्चिममापर्ने टाकुरामा पर्दछ । धुलेश्वर मन्दिरमा महादेव पार्वती र राधा कृष्णको प्रसन्न मुद्राको महत्वपुर्ण मुर्तीहरु रहेका छन् । मुर्तीहरुमा नियमित पुजाआजा गरिन्छ । २०३ वर्षअघिसम्म यहाँ खरानी र बालुवाका कणहरु फुस्फुसाई निस्किएको देख्न सकिने भएपनी हाल आगो बालेको बेला जमिनमुनीबाट हावा आउने गरेको स्थानीयको भनाई छ । धुलेश्वरमा धुलो जम्मा भएको कुन्ड मन्दिर भित्र रहेको छ । धुलेश्वरलाई मृत ज्वाला कुण्डको रुपमा लिईने गरिन्छ । यो नै नेपालको एकमात्र ज्वालामुखीको चिन्ह भएको स्थान हो ।
५) पादुका
पादुका पञ्चकोशी तिर्थस्थलको अन्तिम महत्वपूर्ण क्षेत्र हो । धुलेश्वरबाट दुई घण्टा पैदल यात्रा गरि यस क्षेत्रमा पुगीन्छ । मध्यपहाडी लोकमार्ग भएर जाँदा १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ । धार्मिक र पुरातात्विक रुपमा पादुका उतिकै महत्वपुर्ण मानिन्छ । पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहार समेत रहेको त्यहाँका अवशेषहरुले देखाएका छन् । श्रीस्थान र नाभिस्थान जस्तै पादुका मन्दिरमा पनी निरन्तर बल्ने ज्वाला मन्दिर रहेको भएपनी देबघाटको किनार २०१३ सालमा आएको भिषण बाढीले बगाईदिएपछि हाल यस ठाउँमा ज्वाला बलेको छैन् ।
महत्वुर्ण मुर्तिहरु रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालिन शक्तिशाली शासक अशोक चल्लको पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुगाको स्तम्भमा ईं.सं. १२४० मा कुदिएको एसीयाकै दुर्लभ मानिने बुद्धको मुर्ती सँगै दुर्लभ चार हाते गणेशको मुर्ती समेत अवस्थित छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रको निकै ठूलो महत्व हुँदाहुदै पञ्चकोशी क्षेत्रहरुमा निरन्तर बलिरहेका ज्वालाकै कारण नेपालको कुनै भू–भागमा प्रेटोलियम पदार्थ हुनसक्ने कुरा बैज्ञानीक दृष्टिकोण रहेको छ ।
धार्मिक क्षेत्रबाट मात्र नभई दैलेख जिल्ला पुरातात्विक दृष्किोणले पनी महत्वपुर्ण मानिन्छ । जिल्लाका विभिन्न स्थानहरुम रहेका हजारौ बर्ष पुराना पञ्चदेवल, ढुगेधारा, पाथरनाउली, खम्बाहरुले पुरातात्विक महत्व झल्काईरहेका छन् । पाँच पाण्डवद्धारा निर्माण गरिएको भन्ने कथन रहेको भएपनि कसको पालामा कस्ले बनाएका हुन् तथ्यगत रुपमा कुनै प्रमाण अझैं फेला परेको छैन् । सदरमुकाम दैलेख बजारबाटै चारखम्बको सुरुवात भई तर्ताङमा दुईखम्ब, जाहारकोटमा एकखम्ब, रावतकोटमा पाँच खम्ब, भैरिकालिकाथुमको डाँडीमाडीमा १२ खम्ब, दुल्लुमा १० खम्ब र गमौडीमा सातखम्ब आफ्ना कृर्तिका रुपमा पाण्डबहरुले गाडेको कथन छ । दैलेखको क्षेत्रनम्बर २ मा पर्ने दुल्लुस्थित पाथरनाउली कुवा ऐतिहाँसीक महत्वको हो । दुल्लु बजार नजिकै रहेको यो कुवा साके संवत १२७६ मा निर्माण गरिएको अभिलेख रहेको छ ।
पुरातात्विक शैलीमा निर्मित दुल्लुका अन्य देवल र खम्बा भएका स्थानहरुमा समेत कलात्मक रुपमा कुदिएका ढुगे धाराहरु देख्न पाईन्छ । विशेष गरि बडलम्जी गाविसको लम्जिमा अवस्थित पञ्चदेवल त्यहाँ नजिकै रहेको बाणगंगा नामले चिनीने ढुगेधारा विशेष महत्वको हो । भारतबर्षमा पाण्डबकी आमा, कुन्तिले तपस्या गरिरहेका बखत तपस्या भंग भई तिर्खाएपछि अर्जुनले बाण हानी सोही स्थानमा पानी निकाली खुवाएको भन्ने उल्लेख छ । बाणगंगाका नामबाट त्यतीवेला स्थापना गरिएको मन्दिर समेत अवस्थित छन् । जिल्लाको उत्तरी भेक दुई दिन पैदल यात्रा पछि पुगीने ६१ मिटर अग्लो द्धारी झरना द्धारी गाविसमा अवस्थित छ ।