सुर्खेत । बाेटेचाैरमा ट्रकले ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ । बिहीबार साँझ सल्लि बजारबाट छिन्चुतर्फ आउँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले बोटेचौर बजारमा पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हाे ।
उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार मृतककाे नाम खुल्न सकेकाे छैन ।
ट्रकले ठक्कर दिए लगत्तै ड्राइभर फरार रहेका छन् भने स्थानीयले ट्रक घेरेका छन् ।
स्थानीयका अनुसार घाईते २ जना बच्चालाई उपचारको लागि अस्पतालले नेपालगन्ज रिफर गर्दै छ ।