Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ‘ब्याटलग्राउण्ड’मा ओलीको प्रवेश : कोर्ष करेक्सन कि माछा बजारको कचिङ्गल ?

      प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा, ‘काउन्टर’ प्रस्ताव १० दिनपछि !

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ३ मंसिर २०७७, बुधबार १४:०१
      100
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      ‘ब्याटलग्राउण्ड’मा ओलीको प्रवेश : कोर्ष करेक्सन कि माछा बजारको कचिङ्गल  ?

      केपी शर्मा ओली फाईल तस्वीर ।

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई बुधबार बसेको सचिवालय बैठकले केही दिन थाती राखेको छ ।
      कार्यकारी अध्यक्ष प्रचण्डले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत छुट्टै प्रतिवेदन पेश गर्ने मनसाय राखेपछि विवादका विषयमा थप छलफल नभएको हो ।
      यसअघि मौखिक रुपमा दन्तबझान गर्ने नेताहरु अब दुई फरक दस्तावेज नै हातमा राखेर प्रस्तुत हुने भएका छन् ।
      यो हिसावले हेर्दा नेकपाको कचिङ्गल पहिलेको भन्दा फरक ढंगले थप लम्बिने भए पनि कोर्ष करेक्सनको दिशामा भने तत्कालै नजाने देखिन्छ ।

      पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा आफ्नो बचाउका लागि छुट्टै दस्तावेजलाई हतियारका रुपमा प्रयोग गर्ने भएका छन्
      । यसले नेकपाभित्रको कचिङ्गल घोषित रुपमै र छुट्टाछुट्टै दस्तावेजका साथ लम्बिने भएको छ । समाचार रातोपाटीमा छ ।

      पार्टीभित्र विधि, पद्धतिको पालनालाई अनिवार्य शर्त बनाएर सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई त्यसतर्फ हिँडाउन दबाब दिँदै आए पनि यो कचिङ्गल वैचारिक राजनीतिक नभइ पद र शक्ति आर्जनका हिसावले मात्रै भइरहेको नेकपाकै नेताहरुको भनाइ छ ।
      तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेज आउनुलाई पार्टीभित्र वैचारिक बहस व्यवस्थित दिशातर्फ अघि बढेको भनेर बुझ्नुपर्ने सुझाउँछन् ।
      सतहमा हेर्दा बहुमत सदस्यहरुको आवाजलाई नजरअन्दाज गर्दै आएका ओली तत्कालका लागि एक कदम पछि हटेजस्तो देखिए पनि आगामी दिनमा थप तयारीका साथ अघि बढ्ने रणनीति लिएको जानकारहरु बताउँछन् ।
      उनको यो कदमले समाजवाद भन्दा पनि पुँजीवादलाई नै सघाउ पुग्ने उनीहरुको भनाइ छ ।
      ओलीले आन्तरिक तयारीका लागि १० दिनको समय माग गरेका छन् । बुधबारको सचिवालय बैठकले उनलाई सो समय उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

      गत वैशाखबाटै सुरु भएको नेकपाको झगडामा प्रधानमन्त्री ओलीले पार्टी कमिटीका निर्णय पालनामा चासो नदेखाउने तथा सचिवालय बैठकसमेत बोलाउन अस्वीकार गर्दै आएपछि ध्रुवीकरण थप चुलिँदै गएको थियो ।
      तर बुधबारको बैठकमा ओली सहभागी हुनु र कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यहरुले ओलीलाई ब्याटलग्राउण्डमा ओर्लन बाध्य बनाउनुलाई सचिवालयका बहुमत सदस्यहरुले एक किसिमको सफलता ठानेका छन् ।
      बैठकमै बस्दिनँ, बैठक बसेर निर्णय गरे त्यसको विरुद्ध कडा कदम चाल्ने चुनौती दिएका ओली कमसे कम बैठकमा बस्ने र बैठकमै छलफल गर्नेगरी ब्याटलग्राउण्डमा ओर्लन बाध्य भएका छन् ।
      यो नै अहिलेको एउटा उपलब्धी हो,’ प्रचण्ड–माधव समूहका एक नेता भन्छन्, ‘आगामी दिनमा उनी कसरी प्रस्तुत हुन्छन्, त्यसमा धेरै कुराको भर पर्छ ।’
      कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिएका ओलीले आगामी १३ गते बस्ने बैठकमा कस्तो दस्तावेज पेश गर्ने हुन्, त्यसले नै नेकपाभित्रको विवादलाई कुन मोडमा लैजान्छ भन्ने तय हुने ती सदस्यको भनाइ छ ।
      प्रधानमन्त्री ओलीले पार्टीका निर्णयहरु लगातार अवज्ञा गर्दै आएको, आफ्नो आलोचना हुने भएपछि बैठकहरु बोलाउन आनाकानी गर्दै आएको, सरकारका कतिपय महत्वपूर्ण निर्णयका बारेमा पार्टीसँग परामर्श वा जानकारी गराउन आवश्यक नदेख्ने गरेको भन्दै सचिवालयका बहुमत सदस्य ओलीप्रति असन्तुष्ट बन्दै उनको जवाफको खोजीमा थिए ।
      ओलीले आफूविरुद्ध लाग्दै आएको आरोपको मौखिक खण्डन गर्दै आए पनि अघिल्लो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावलाई पार्टी विभाजन गर्ने आरोपपत्र भन्दै उक्त प्रस्ताव फिर्ता नगरेसम्म बैठक नै नबस्ने अडान लिएका थिए ।
      उनले आफ्नो सहमतिविना बस्ने बैठकको औचित्य समेत नरहने भन्दै पार्टी विभाजन हुनसक्नेसम्मको चेतावनीका बाबजुद मंसिर ३ को सचिवालय बैठकमा सहभागिता त जनाए तर आफुमा रहेको दम्भ अझै नसकिएको संकेत पनि गरेका छन् ।
      अर्को बैठकमा दस्तावेज ल्याउने भनेर उनले आफूले अझै हार नमानेको संकेत देखाएको कतिपयको बुझाइ छ ।

      कसरी आए ओली ब्याटलग्राउण्डमा ?

      कार्यकारी अध्यक्ष प्रचण्डले आलोचनासहितको दस्तावेज पेश गरेपछि आक्रोशित बनेका ओलीले यसबीचमा आफ्नो पक्षमा बहुमत पुर्याउने अनेक प्रयास गरेका थिए ।
      तर, उक्त प्रयासमा असफल भएपछि र राष्ट्रपति विद्यादेवी भण्डारी एवं तथा चिनियाँ राजदुत होउ यान्छीको समेत सक्रियता बढेपछि ओली रणनीति परिवर्तन गर्दै पार्टी कमिटीमै दस्तावेजसहित लड्नभिड्न तयार भएका हुन् । त्यसका लागि महासचिव विष्णु पौडेल लगायतका नेताहरुले समेत भूमिका खेलेका थिए ।
      महासचिव पौडेललगायत दोस्रो तहका दुवै पक्षका नेताहरुका साथै राष्ट्रपतिको समेत पार्टी विभाजनप्रतिको अरुचीले ओली तत्काल पार्टी विभाजनको दिशामा नगई वैधानिक ढंगले नै मुकाबिला गर्न तयार बनेका हुन् ।

      यद्यपि, ओलीले यो १० दिनको अवधिमा पर्याप्त गृहकार्य गर्ने अवसर पाएका छन् ।
      सचिवालय, स्थायी, केन्द्रीय कमिटीका साथै संसदीय दलमा समेत अल्पमतमा रहेका भनिएका उनले यो अवधिमा तत् तत् निकायमा आफ्नो पकड जमाउन मेहनत गर्नेछन् ।
      उनको यो प्रयास जबसम्म सफल हुँदैन, तबसम्म अलमल लम्ब्याउने सम्भावना पनि त्यतिकै रहेको ओली इतरपक्षको बुझाइ छ ।
      वरिष्ठ नेता माधवकुमार नेपालले त ओलीको सोही मनोभाव बुझेर नै हुनसक्छ, बुधबारको बैठकमै भने, ‘ढिलाढाला गर्ने र समय कटाउने काम पटक्कै नर्गनुस् ।
      कमजोरी सच्यानुकोे सट्टा पुनः गल्ती दोहोर्याउँदै अघि बढ्ने प्रयास नगर्नुस् ।’

      नैतिक तागतको संकट
      नेकपाका नेता राम कार्कीको बुझाइमा नेकपाभित्रको क्राइसिस नैतिक तागतको संकट हो ।
      उनका अनुसार नेकपा र काँग्रेस सरकारको भिन्नता नै हुन सकेन । ‘नेपाल र आफ्नो पार्टी वा आन्दोलनलाई समाजवादको दिशातिर लैजान के गर्नुभयो भनेर प्रश्न गर्दा जवाफ नै छैन’, नेकपाका वैचारिक बहस गर्ने नेताका रुपमा चिनिएका कार्की भन्छन्, ‘त्यो चिजले ओली कामरेडलाई बढ्ता तागत दियो ।’
      उनका अनुसार अहिले पनि नेकपा विघटनकै दिशातर्फ गइरहेको छ । त्यसलाई रोक्न नेताहरुलाई वैचारिक राजनीतिक तहमा उठाउनुपर्छ ।
      ‘वैचारिक राजनीतिक तहमा उठ्यो भने त्यसले राजनीतिक धु्रवीकरण ल्याइदिन्छ ।
      अहिलेको धु्रवीकरण भनेको भोलि चुनाव कसले जित्ने, टिकट कसले दिने र मन्त्री कसले बनाउने भन्नेमै केन्द्रित छ’, कार्कीको भनाइ छ ।
      उनले अध्यक्ष प्रचण्डको प्रस्तावमा अलिकति वैचारिक बनाउने संकेत गरिए पनि समाजवादी हुन यो यो गर्नुपर्छ र हामी यो गर्छौँ भन्ने अभाव रहेको बताए ।
      अध्यक्ष प्रचण्डको प्रस्तावको काउन्टरमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले ल्याउने भनिएको प्रस्तावपछि नेकपाको आन्तरिक विवाद कसरी अघि बढ्ला त भन्ने प्रश्नमा कार्कीले भने, ‘जबसम्म कोर्ष करेक्सनको बाटोमा गइन्न अर्थात् पुँजीवादी बाटोमा हिँडेको पार्टीलाई समाजवादी दिशातर्फ मोड्ने प्रयास नगर्दासम्म यो लडाइँ वैचारिक राजनीतिक बन्दैन ।’
      उनले प्रचण्डले पेश गरेको प्रस्तावलाई इलाब्रेट गर्न सक्नुपर्ने बताए । ‘ओली समाजवादी होइनन् भने समाजवादी के हो त ? त्यो कुरा ल्याउनुपर्छ । पार्टी र आन्दोलनलाई समाजवादको दिशातर्फ मोड्ने कोशिस नहुँदासम्म यो विवाद माछा बजारकै कचिङ्गल भइरहन्छ’, कार्कीको विश्लेषण छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: नेकपा विवाद

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
        राजनीति

        दैलेख क्षेत्र नं. २ प्रदेश (क) मा कांग्रेसबाट कसले पाउला टिकट?

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै
        राजनीति

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

        राष्ट्रिय सभा चुनावमा प्रदेश १ बाहेक एमालेले जित्ने सम्भावना शून्य
        राष्ट्रिय

        ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ३ मंसिर २०७७, बुधबार १४:०१
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        ३ मंसिर २०७७, बुधबार १४:०१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        ३ मंसिर २०७७, बुधबार १४:०१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        ३ मंसिर २०७७, बुधबार १४:०१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        ३ मंसिर २०७७, बुधबार १४:०१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        ३ मंसिर २०७७, बुधबार १४:०१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.