‘हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या भन्नेबित्तिकै पागलपन भन्ने बुझाई अझै पनि हावी भएको देखिन्छ् ।’
यो समस्या बारे जानकारी हुँदा–हुँदै पनि मान्छेहरु मनोचिकित्सक कहाँ पुग्न ‘हिच्किचाउँछन् ।’ कारण हो, समाज, साथीभाइ र परिवारका सदस्यले फरक दृष्टिकोणले हेर्छन भन्ने ठूलो तनाव ।
जसले गर्दा रोग थप बल्झिदै जान्छ् । यो खास कस्तो रोग हो भन्ने अफै पनि सबैजसोलाई जानकारी नै छैन् ।
मानसिक स्वास्थ्य र मानसिक रोगबारे हाम्रो समाजमा अन्धविश्वास, गलत धारणा र भ्रमहरु व्याप्त छन् । अझै पनि मानसिक रोगको औषधि उपचार छैन् ।
धामी झाक्रीले मात्र यस्को उपचार गर्न सक्छन् वा भुतप्रेत लागो भागोलाई ठेगान नलगाई यसको उपचार हुँदैन भन्ने गलत बुझाई धेरैमा रहेको पाईन्छ । जुन गलत बुझाई हो । पछिल्लो समय मानसिक समस्यालाई जटिल स्वास्थ्य समस्याका रुपमा लिने गरिएको छ् ।’
अझ, कर्णाली प्रदेशमा मानसिक रोगमो अबस्था व्याप्त रहेको पाइन्छ । कर्णालीमा कतिपए गरिबीका कारण पनि मान्छेहरुले आत्महत्या गरेका घटनाहरु छन् ।
मानसिक रोगको अबस्था कर्णालीमा झन विकराल बन्दै गएको तथ्याङ्कले देखाउँछ्। गत बर्षको साउनदेखि मंसिर २४ गते सम्म मात्र प्रदेश अस्पतालमा १५ सय ६० जना उपचारका आएका छन् ।
सल्यान जिल्ला अस्पतालले दिएको तथ्याङ्क अनुसार मंसिर महिना सम्म १ हजार ३ सय २९ जनामा मानसिक स्वास्थ्य समस्या देखा परेको देखिन्छ् ।
जाजरकोटमा पुरुषको तुलनामा महिलालाई मानसिक स्वास्थ्य समस्या ७० प्रतिशत धेरै रहेको देखिन्छ् ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले केही समय अघि आयोजना गरेको मानसिक स्वास्थ्थ शिविरमा जम्मा १ सय २७ जना मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति भेटिएको थिए ।
यस्तै जिल्ला कारागार दैलेखमा रहेका १२ जना महिला कैदी बन्दी मध्ये ९ जनामा आत्तिने र २ जनामा डिप्रेसनको समस्या देखिएको थियो ।
‘अझै पनि मानसिक स्वास्थ्य समस्या भएका विरामिहर धेरै नै भएपनि उपचार गर्न नआउने गरेको पाईन्छ् ।
नेपालमा आम जनसँख्याको २० प्रतिशत मानिसमा कुनै न कुनै किसीमको मानसिक समस्या वा अन्य भावनात्मक समस्या छ भनेर अनुमान गरिएकोछ ।
खासमा मानसिक रोग कस्तो रोग हो ? समस्याको समाधान कसरी गर्न सकिन्न भन्ने विषयमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (नेपाल (सी.एम.सी नेपाल) का वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय सँग गरेको कुराकानीको सम्पादिक अंश :
मानसिक रोग कस्तो रोग हो ?
— मानिसक रोग भनेको मन सँग सम्बन्धीत रोग हो । हाम्रा बिचार,भावना, चेतना, संवेग, अनुभुती वा सोचाईहरुमा नियमित रुपमा आउने विचलनले गर्दा ब्यवहारमा जुन गडबढी देखिन्छ, त्यसलाई मानसिक रोग भन्न सकिन्छ । मन सम्बन्धी स्वास्थ्य समस्या आउँछ, अनाश्यक रहर लाग्नु, बेला न कुबेला रहर लाग्छ भने त्यो मानसिक रोगको लक्षण हो ।
छोटकारीमा भन्दाखेरी वृहत, धेरै रोगहरुको समुह हो। धेरै किसीमका लक्षण, धेरै किसीमका रोगहरु हुन्छन् । ‘साइकोलोजिकल समस्याहरुले गर्दा., भावनात्मक कारणले तनावले गर्दा मानसिक रोग लाग्न सक्छ ।
मानसिक स्वास्थ्यको कुरा गर्दा छारे रोगलाई पनि लिन सकिन्छ । उपचार नगर्दा छारेरोगले पनि मानसिक स्वास्थ्य समस्या हुन सक्छ् । यो चिजहरु अहिले बढेको देखिन्छ ।
‘हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या भन्नेबित्तिकै पागलपन भन्ने बुझाई अझै पनि हावी भएको देखिन्छ् ।’
यो समस्या बारे जानकारी हुँदा–हुँदै पनि मान्छेहरु मनोचिकित्सक कहाँ पुग्न ‘हिच्किचाउँछन् ।’
पछिल्लो समय मानसिक रोग जटिल बन्दै गएको छ । मानसिक रोगको उपचार कस्तो छ नेपालमा ?
— धेरै जसो मानसिक रोगहरुको उपचार हुन्छ । औषधिहरु महँगो छैन् । कोही बिरामीलाई गर्छ । तर, मानसिक रोगलाई लुकाउनु हुँदैन् । बरु त्यस्को सट्टा उपचार गर्नु उपयुक्त हुन्छ । अहिले मानसिक रोग विशेषज्ञ÷साईकोलोजिक्सको सँख्याहरु पनि बढेको छ । प्रदेशतहमा पनि उपचार केन्द्र स्थापना भएका छन् ।
अब,यो रोग सम्बन्धी औषधी निशुल्क दिने भनिएको छ । यसरी हेर्ने हो भने मानिसहरुले पहिले भन्दा उपचार राम्ररी पाउँछन् । कुनै रोग निको हुन्छ त कुनै नियन्त्रणमा आउँछन् ।
यो रोगबाट बच्नको लागि सामान्यतय मान्छेले के–कस्ता उपायहरु अपनाउँनुपर्ला ?
जव शरिर निरोगी भयोभने मन पनि निरोगी हुन्छ,भनिन्छ । जिवनशैली राम्रो हुनुपर्छ । खाना कस्तो खाने, रक्सि, चुरोट खानेकी नखाने लागुपदार्थ दुव्र्यशन गर्ने की नगर्ने, परिश्रम गर्दा गर्ने की घरमा बसिराखेर टेलिभिजन हेरेर बस्नेकी । खानेकुराहरु कस्तो छ ? हरियो सागपात,फलफुल गेडागुटी, अर्गानिक खानेकुराले स्वास्थ्यलाई राम्रो गर्छ । मानसिक तनाव (टेन्सन्) सिम्पल जिवनशैली बिताउने, जतिसक्दो तनाव घटाउयो, त्यती रोग लाग्दैछ् ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि कतिपए मानिसहरु मानसिक रोगको सिकार हुन्छन भन्छन नी ?
हो । अहिले सामाजिक सञ्जालको प्रयोग बड्दो छ । सामाजिक सञ्जालमा बढाई चढाई लेखेका समाचारहरु पनि हुन्छन् । अर्को कुरा सामाजिक सञ्जालले अहिले नकरात्मक कुराहरु धेरै दिने गरेको छ । जस्तै ः कुनै ठाउँमा दुर्घटना भयो,‘त्यसको सुचना दिने कुरा त छँदै छ ।’ तर , मरेको तस्वीरहरु जस्ताको त्यस्तै देखाईदिने ।
विक्षिप्त अबस्थाको तस्वीर देखाईदिने। जसकार कारण मान्छेको मनमा एककिसीमको नरमाईलो लाग्छ । निरासापन हुन्छ । त्यसकारण नकरात्मक कुराहरुलाई बढाईचढाई गर्नु राम्रो होईन्। र, अन्य विविध कारणा पनि छन् ।
नेपालमा देखिने प्रमुख मानसिक रोगहरु :
विश्वमा देखिएका धेरै जसो मानसिक स्वास्थ्य समस्याहरु नेपालमा पनि देखिएका छन् । नेपालमा देखिने प्रमुख मानसिक रोगहरु मध्ये दिक्दारीपन् , चिन्तासम्बन्धी रोग, मानसिक असन्तुलन, छारेरोग, मद्यपानको समस्या, निन्द्रासम्बन्धी समस्या, विकृत तनाव, यौनजन्य मानसिक समस्या, मानसिक चोटपटक लागेका कारण देखिने मानसिक समस्या हुन् ।
केटाकेटी तथा किशोरकिशोरीहरुमा व्यवहारिक तथा भावनात्मक समस्याहरु पनि देखा परेका छन् ।
– सामाग्रीमा समेटिएका केही तथ्याङ्कीय कुराहरु मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपालबाट लिईएको हो ।