Friday, December 9, 2022

लिओनार्दो दा भिन्चीका जीवनोपयोगी भनाइहरु

https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १२ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

लिओनार्दो दा भिन्ची बहुमुखी प्रतिभावान व्यक्ति हुन् । उनि चित्रकार, गणितिज्ञ, संगीतकार, इन्जिनियर, लेखक, आविष्कारकको रुपमा चिनिन्छन् । भिन्सिमा सन् १४५२, अप्रिल १५ मा उनको जन्म भएको थियो । उनले कोरेको चित्र “मोनालिसा” अहिले पनि उत्तिकै प्रिय छ ।

लिओनार्दो दा भिन्चीका जीवनोपयोगी भनाइहरु : 

१. आँशु दिमागबाट होइन, मनबाट आउँछ।

२. सरलता भनेको व्यक्तिको परिष्कृत रुप हो।

३. सिकाईले दिमागलाई कहिल्यै पनि असर गर्दैन।

४. सुन्दर शरीर एकदिन नष्ट हुन्छ। तर सुन्दर कला र सुन्दर विचार सधै रहिरहन्छ।

५. जीवन र प्रकृतिको सही बुझाइले नै खुशी दिन्छ।

६. खुशीसंग बिताएको राम्रो दिनले राम्रो निन्द्रा ल्याइदिए जस्तै, खुशीका साथ बिताएको जिवनले राम्रो मृत्यु ल्याइदिन्छ।

७. अन्तिम अवस्थामा प्रतिरोध गर्नुभन्दा सुरुमै प्रतिरोध गर्नु उचित हुन्छ।

८. समय उनीहरुसंग अडिन्छ, जसले समयको सही उपयोग गर्न जानेको हुन्छ।

९. जो व्यक्ति एक दिनमै धनी हुन चाहन्छ, त्यो व्यक्ति एक वर्षमै रित्तिन्छ।

१०. हामीसंग भएको सबै ज्ञान हाम्रो दृष्टिकोणमा आधारित हुन्छ।

११. जब मैले कसरि बाँच्ने भन्दै सिक्दै थिएँ, मैले कसरि मर्ने भन्ने सिक्दै रहेछु।

१२. सबैथरि ज्ञानको स्रोत प्रकृति हो।

Related Posts

https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

भर्खर