Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      १३ महीनायता महराका अविराम दुःख …!

      १३ महीनाअघि बलात्कार प्रयासको आरोप लागेर सभामुखको गरिमामय पद र सामाजिक प्रतिष्ठा गुमाएपछि मानसिक पीडामा रहेका सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महराले पत्नीवियोगको चोट खेप्नुपरेको छ :

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २१ कार्तिक २०७७, शुक्रबार २३:५५
      93
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      १३ महीनायता महराका अविराम दुःख …!
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      एक वर्षअघि राजनीतिक जीवनमा अवरोह भोगेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पारिवारिक वियोग थपिएको छ। श्रीमती सीता महराको कोरोनाभाइरस संक्रमणबाट १९ कात्तिकमा मृत्यु भएको  छ।

      महरा दशैं मनाउन पुर्ख्यौली घर रोल्पा गएका थिए। तर, श्रीमती बिरामी भएपछि उनी दशैं लगत्तै दाङ फर्किए। सीतालाई १३ कात्तिकमा दाङस्थित गोरखा अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार देखिएन। त्यसपछि हेलिकप्टरमा काठमाडौं ल्याएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरियो। त्यहाँ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। स्वास्थ्य झन् बिग्रिएर भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उनको बुधबार बिहान निधन भएको हो।

      महरा गत वर्षको असोज दोस्रो सातादेखि नै ‘असामान्य’ अवस्थामा गुज्रिंदै आए। त्यसले उनी मात्र होइन, उनको परिवारका सदस्य पनि उत्तिकै तनावमा थिए। महरामाथि १२ असोज २०७६ मा गम्भीर आरोप लाग्यो, बलात्कार प्रयासको। १३ असोजमा सञ्चारमाध्यमहरुमा त्यससम्बन्धी समाचारले व्यापकता पाएसँगै उनका तनाव र पीडाका दिन शुरु भए।

      आफ्नै पार्टी नेकपा कार्यकर्ता समेत रहेकी संसद् सचिवालयकी कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन्। शुरुमा बलात्कारको आरोप लगाएकी ती कर्मचारीले जाहेरी दिंदा बलात्कार प्रयास उल्लेख गरेकी थिइन्। आरोप लगाएको एक साताकै बीचमा महरा पक्राउ परे।

      चौतर्फी आलोचनापछि नेकपाले सांसद र सभामुख पदबाट राजीनामा दिन भनेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसपछि बडादशैंको अष्टमीको दिन, १९ असोज २०७६ को साँझ उनी सभामुख निवासबाटै पक्राउ परे। काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारमा लगियो।

      पक्राउपछिका करीब चार महीना प्रहरी नियन्त्रणमा रहे पनि महरा स्वास्थ्यको कारण देखाउँदै अधिकांश समय प्रहरीको घेरामै नर्भिक अस्पतालमा बसे। अन्ततः काठमाडौं जिल्ला अदालतबाट बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएपछि उनी ५ फागुनमा रिहा भए।

      थुनामुक्त भए पनि बलात्कार प्रयासको आरोपका कारण सामाजिक प्रतिष्ठा, राजनीतिक साख, सभामुखको सम्माननीय पद गुमेपछि उनी मानसिक तनावबाट मुक्त हुन पाएनन्। सर्वोच्च पदमा रहेकै बेला श्रीमानमाथि लागेको यौनहिंसाको आरोपले श्रीमती सीता पनि त्यत्तिकै तनावमा थिइन्। थपिएको तनावले उनमा भएको पहिलेदेखिको रोगले झन् असर गरेको हुनसक्ने महरा परिवारका निकटस्थहरु बताउँछन्।

      एकातिर आफ्नो पद–प्रतिष्ठा गुमेको र अर्कोतिर बिरामी श्रीमतीमा थपिएको मानसिक पीडाका कारण उनले घरपरिवारमै समय दिए। त्यसमा पनि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले पनि उनले जिल्लातिरै बढी समय बिताए। काठमाडौं बसाइलाई कम गर्दै गएका उनी दशैं मनाउन पनि यस पटक पुर्ख्यौली थलो रोल्पा नै पुगेका थिए।

      तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरा तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको समर्थनमा सभामुख बनेका थिए।

      २०४८ सालमै रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका महराको माओवादीमा बेग्लै छवि बनेको थियो। माओवादी शान्ति प्रक्रियामा आउँदा उनले वार्ता टोलीको सदस्यका रुपमा महत्वपूर्ण भूमिका वहन गरे। त्यही भूमिकाका कारण २०६३ सालपछि उनले सरकारमा पटकपटक महत्वपूर्ण जिम्मेवारी पाए।

      गत वर्ष भने नैतिक मूल्यमै आक्षेप लागेर उनले फौजदारी अभियोग भोग्नुपर्ने अवस्था आयो। त्यसबाट मुक्त भएर सामान्य जीवनमा फर्किंदै गर्दा विश्वव्यापी कोरोनाभाइरस महामारीले उनलाई पत्नीवियोगको अर्को चोट थपिदिएको छ।

      उनकी श्रीमती सीतालाई एक दशकदेखि ‘माइस्थेनिया’ नामक दीर्घरोग लागेको थियो। यही रोगका कारण उनको ६/७ वर्ष अगाडि ठूलो शल्यक्रिया पनि गरिएको थियो।

      यस पटक दाङमै हुँदा निमोनिया भएर श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन नै लगाएर हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। शुरुमा आईसीयूमा राखे पनि स्वास्थ्यमा सुधार नआएपछि ६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।समाचार हिमाल खबरले लेखेको छ ।

      १३ महीनाका घटना:

      १२ असोज साँझ महिला कर्मचारीको कोठामा गएर यौनहिंसा गरेको आरोप
      १३ असोजमा सञ्चारमाध्यममा सार्वजनिक
      १४ असोजमा सभामुखबाट राजीनामा
      १९ असोजमा सभामुख निवासबाट पक्राउ
      २३ असोजमा सभामुख पदबाट निलम्बनमा परेको सूचना टाँस
      १४ कात्तिकमा जिल्ला अदालतमा मुद्दा दायर
      १८ असोजमा पुर्पक्षका लागि जेल चलान
      ५ फागुनमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि थुनामुक्त
      ५ फागुनमै संसद् जाने बाटो खुला
      ६ फागुनमा संसदलाई जानकारी
      १३ कात्तिकमा पत्नी दाङस्थित गोरखा अस्पतालमा भर्ना
      १९ कात्तिकमा नर्भिक अस्पतालमा श्रीमतीको निधन।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २१ कार्तिक २०७७, शुक्रबार २३:५५
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २१ कार्तिक २०७७, शुक्रबार २३:५५
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २१ कार्तिक २०७७, शुक्रबार २३:५५
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २१ कार्तिक २०७७, शुक्रबार २३:५५
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २१ कार्तिक २०७७, शुक्रबार २३:५५
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        २१ कार्तिक २०७७, शुक्रबार २३:५५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement