पछिल्लो २४ घन्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर तीन हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ६८ नमुना परीक्षण गरिएको छ ।
अहिलेसम्म कुल संक्रमितको संख्या एक लाल ८५ हजार नौ सय ७४ पुगेको छ । उनीहरूमध्ये एक लाख ४८ हजार चार सय आठजना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २९ हजार पाँच सय ७४ जना होम आइसोलेसनमा बसेका छन् ।