दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना करिब तुहिने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न आग्रह गरेका छन्।
नेपाली समयानुसार बिहीबार साँझ ७ बजेर ५७ मिनेटमा एक ट्वीट गर्दै रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन्।
पछिल्लो मतगणना अनुसार बराक ओबामासहितका प्रतिष्ठित नेताहरुको बलियो साथ पाएका डेमोक्रेटिक पार्टीका जोन बाइडनले जित्ने करिब पक्का भएको छ।
उनी अहिलेसम्म २६४ इलेक्टोरल भोटसहित जित नजिक पुगिसकेका छन्। जबकि ट्रम्पले २१४ भोट मात्रै ल्याएका छन्। पछिल्लो समय ट्रम्प आफूले भर गरेका राज्यबाट पनि पराजय भोग्नुपरेको छ।
यस्तो अवस्थामा अब बाइडनलाई ६ इलेक्टोरल भोटले ह्वाइट हाउसको ढोका खोलिदिनेछ। उनले ह्वाइट हाउस जानका लागि आवश्यक तयारी पनि थालिसकेका छन्।
https://twitter.com/realDonaldTrump?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1324353932022480896%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F111456%2F%3Ffbclid%3DIwAR0tLLC4qv6XeYTwqTY0yFyn9DZNePcxZGSuK2s-QskcVAF9qn_YXrR-0eU
बाइडनले पछिल्लो पटक ट्रम्पको बलियो पकड रहेको भनिएको एरिजोनामा पनि अग्रता बनाएका छन्। यस्तोमा बाइडनले अब आफूलाई राष्ट्रपति बन्न पर्याप्त भोट आइसकेको बताएका छन्।
उनले मिशिगनमा पनि जितको सम्भावना रहेको बताउँदै भनेका छन्, ‘जब मतगणना समाप्त हुनेछ त हामीले नै जित्ने कुरामा मलाई विश्वास छ।’
बाइडनको बाँकी भाग्य परीक्षण एरिजोना, जर्जिया, विस्कोन्सिन र पेन्सिलभेनिया जस्ता राज्यले गर्दैछन्। उता ट्रम्पले टेक्सस, ओहायो र फ्लोरिडामा जित दर्ता गरेको बताइएको छ। यद्यपि ट्रम्पले चुनाव हार्ने अवस्था भएपछि सर्वोच्च अदालत जाने धम्की पनि दिइसकेका छन्।