काठमाडौँ — राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवाणेलाई नेपालीको सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरिन् ।
दसकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।
कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत सहभागी थिए ।
भारतीय सेनाध्यक्ष नरवाणे तीन दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएको समाचा कान्तिपुरमा छ .