सुर्खेत । बा ६ च ४०५६ नम्बरकाे प्रेस लेखेकाे गाडीले बा २२ च ८७६६ नम्बरकाे गाडीलाइ आइतबार साँझ ठक्कर दियाे । मुगुबाट फर्किदै गरेकाे उक्त प्रेस गाडीले सुर्खेतकाे वीरेन्द्रनगरस्थित कटकुवा नजिकै ठक्कर दिएकाे हाे ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार उक्त प्रेस लेखिएकाे गाडी चालककाे सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन भने उक्त गाडीकाे ब्लुबुक नविकरण समेत फेल छ । गाडीले ठक्कर दिएपछि फरार भएकाे उक्त गाडीलाइ ट्राफिक प्रहरीले एक घण्टापछि नियन्त्रणमा लिएकाे ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक हरिभक्त राेकायले जानकारी दिए ।
‘गाडीमा प्रेस लेखिएकाे छ तर कुन कार्यालयकाे हाे एकिन छैन’ उनले भने, ‘ ब्लुबुक नविकरण र विमा समेत फेल छ ।’
गाडी चालक कुन्दन कुमार यादवले आफु गाडी मर्मत गर्ने मिस्त्री भएकाेले साथमा लाइसेन्स नलिएकाे बताए । ‘गाडी मुगुमा विग्रिएकाे थियाे । बनाएर ल्याएकाे हुँ ।’ उनले भने, ‘गाडी साहुँकाे परिवार हुनुहुन्थ्याे । उहाँहरू अर्काे गाडीमा जानुभयाे ।’
आफुसँग लाइसेन्स नभएकाेले अप्ठ्याराेमा पर्ने जानकारी गाडीसाहुलाइ गराएपनि गाडीसाहुले प्रहरीसँग आफुले कुरा गर्दिन्छु भन्दै गाडी चलाउन लगाएकाे उनले दुल्लुखरलाइ जानकारी दिए ।
यता, प्रहरी सहायक निरीक्षक राेकायले मिस्त्री भएपनि सिमित क्षेत्रभित्र ‘टेस्ट ड्राइभ’ गर्न पाउने भएपनि यसरी मुगुबाट सुर्खेत पुग्नु गलत भएकाे बताए ।