सिमकोट । कोरोना भाइरसका संक्रमण्का बीच बावतजावत बढ्ने भएपछि हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागी सिल गरिएको छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा गाउँपालिका बाहिरबाट आउनेको संख्या बढ्ने र त्यसले संक्रमणको जोखिम देखिएपछि गाउँपालिका प्रवश गर्ने सबै नाकाहरु बन्द गरिएका छन् ।
गाउँकार्यपालिकाले कात्तिक ११ गतेको निर्णय अनुसार देशमा कोरोना संक्रमण बढ्ने क्रमजारी रहेकाले आउँदै गरेको विजया पूर्णिमाको समय अवधिभर मानिसको भिडभाड बढी भएकोले आफ्ना माताहातका नाकाहरु बन्द गरीएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ले जानकारी दिए ।
“बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने सबै नाकाबाट पाँच दिनका लागी आवतजावत बन्द गरीएको छ ”, अध्यक्ष मल्लले नेपालबोटसँग भने, वर्षभरीको सबैभन्दा ठूलो मेला लाग्ने कोजाग्रत (कार्तिक) पुर्णिमाको समयमा अन्य जिल्लाबाट गाउँपालिका आवतजावत गर्नेको संख्या बढेसँग कोरोना संक्रमणको त्रास बढ्ने भएपटि यस्तो गरिएको हो ।”
गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकामा भएको कवाडी प्रहरी चौकी र छर्पेला प्रहरी चौकी, सबै वडा र नाकामा सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विशाल ढकालले जानकारी दिए ।