सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवंम् नेकपा प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरूद्धकाे अविश्वासकाे प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत भएकाे छ । आज बसेकाे दलकाे बैठकबाट बहुमत सदस्यले अस्वीकृत गरेकाे मुख्यमन्त्रीका स्वकीय सचिव धुब्रविक्रम बुढाथाेकीले जानकारि दिए ।
गत असाेज २५ गते शाहीविरूद्ध नेकपाका १८ सांसदले हस्ताक्षर गरी अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए ।
ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन ।
ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो । दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताइन् ।
दुई मन्त्री अनुपस्थित बैठकमा सरकारका दुई मन्त्री र उपसभामुख अनुपस्थित रहेका छन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका हुन् ।
योसँगै नेता यामलाल कंडेल पक्षले अविश्वासको प्रस्ताव पेश गरेपनि अविश्वासकाे प्रस्ताव पारित हुननसकेन ।
श्रोतका अनुसार दशैंलगत्तै मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । ज्वाला पक्षका तीन जना मन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री शाहीले दशैंको रमझाम भएका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दशैं लगत्तै मन्त्री परिषद पुर्नगठन गर्ने लिखित सम्झौता गरेको श्रोतले बताएको छ ।