सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयले आज एक कार्यक्रमको आयोजना गरी सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुर्याएको दाबी गरेको हाे।
निर्देशनालयका नवनियुक्त निर्देशक रविन खड्काले कर्णालीकाे स्वास्थ्यस्तर सुधार गर्दै सबै जिल्लामा यी सेवा विस्तार गरिएको बताए । यसअघि कर्णालीका डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरि सकिएको थियो।
कोरोना भाइरससँग लड्ने क्रममा पछिल्लो सात महिनामा कर्णाली प्रदेश सरकारले स्वास्थ्य संरचनामा सुधार गरेकै कारण सबै जिल्लामा सेवा विस्तात गर्न सफल भएको उनले बताए ।
कर्णालीमा अहिले आईसीयूको संख्या ६२ रहेकाे छ भने भेन्टिलेटर २६ रहेकाे निर्देशक खड्काले बताए । उनले कोरोना संक्रमणदर लकडाउनको समयमा ३ प्रतिशतसम्म रहेकोमा अहिले परिक्षण गरिएकोमध्ये १३ प्रतिशतसम्म संक्रमण देखिएको उल्लेख गरे । कर्णालीमा अहिले १३ सयको हाराहारीमा संक्रिय संक्रमित रहेकोमा १६ जना आईसीयूमा उपचार भर्इरहेको भन्दै भेन्टिलेटरमा एक जना पनि नरहेको जिकिर गरे ।
अहिलेकै दरमा संक्रमणको दर बढ्दै गए आगामी दिनमा कोरोना संक्रमितलार्इ अस्पतालमा व्यवस्थापन गर्न कठिन हुने उनको भनार्इ छ।
चार्डपर्वको समयमा धेरै भिड्भाड हुने भएकाले सरकारले तोकेको मापदण्डलार्इ पालना गरेर मात्र दशै मनाउन सबैमा आग्रह गरे ।