काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई संसदमा आउन बाध्य पार्नुपर्ने बताएकाे छ । काेराेना महामारीका बीच सरकारले हठात् (हतार)मा संसद बन्द गरी भागेकाे आराेप लगाइएकाे छ ।
आज काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का आफ्नाे फेसबुक पेजमामार्फत सरकारलाई संसदमा आउन बाध्य पार्नुपर्ने बताएका हुन् ।
उनले फेसबुक पेजमा लेखेका छन्, ‘काेराेनाकाे महामारीकाे बिचमा देश र जनताकाे हितमा प्रमुख प्रतिपक्ष सहितका दलले संसदमा महत्वपूर्ण बहस चलाई रहेकै अबस्थामा, हठात संसद बन्द गरि संसदबाट भागेकाे सरकार लाई संसदमा अाउन बाध्य पार्न अब ढिला गर्नु हुन्न,

अब प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहितका संसदमा बिपक्षमा रहेका दलकाे सहमतिमा दशै लगत्तै संविधानकाे ब्यबस्था अनुसार संसदकाे बिशेष अधिबेशन बाेलाउनुकाे बिकल्प छैन !
प्रमुख प्रतिपक्ष दलकाे नाताले बिना बिलम्ब काँग्रेसले यसकाे अग्रसरता लिनु पर्छ ।’
