सुर्खेत । जिल्ला मालपाेत कार्यालय दैलेखका कर्मचारि रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे सुर्खेतस्थित कार्यालयबाट खटिएकाे टाेलीले घुस रकम लिइसकेपछि रंगेहात पक्राउ गरेकाे आयाेगका सूचना अधिकारी मेघनाथ सापकाेटाले जानकारी दिए ।
‘सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरिएकाे हाे’ उनले दुल्लुखबरसँग भने, ‘पक्राउ पर्नेहरूकाे संख्या र नाम खुलिसकेकाे छैन । टाेली पक्रियामै छ ।’
उनका अनुसार आज साँझ सवा पाँच बजे नियन्त्रणमा लिएको सापकोटाको भनाई छ । टाेलीले मुचुल्का उठाइरहेकाले केही समयमा विस्तृत विवरण सार्वजनिक गरिने सापकाेटाले जनाए ।