सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार १० दिन अघि ज्वरो आएर टाईफाईटको सुई लगाएका उनलाई निको नभएपछि असोज ३० गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेलले जानकारी दिए ।
यो सँगै कर्णालीमा कोरोना बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।