सुर्खेत । विद्यार्थीका मागसँग सम्बन्धित ध्यानाकर्ष पत्र बुझाउन पुगेका विद्यार्थी प्रहरी नियन्त्रणमा लिइएको छ । मध्पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)का उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहलाई नेपाल विद्यार्थी संघ मप विश्वविद्यालयका विद्यार्थीे ध्यानाकर्षण बुझाउन पुगेका हुन् ।
उनिहरुले उपकुलपतिमाथी अभद्र व्यवहार गरेको आराेपमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । नेविसंघ मप विश्वविद्यालय संयोजक एंवम् केन्द्रिय सदस्य अनिलबहादुर शाहीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले जानकारी दिए । पक्राउ पर्नेहरुमा शाहीसहित सविन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे रहेका छन् ।
उपकुलपतिसँगको विवाद भएपछि नियन्त्रणमा लिन लगाइएको उपकुलपति कार्यालयले जनाएको छ ।
के छन् माग ?
नेविसंघ मपविविले उपकुलपति समक्ष लकडाउन अवधिभरको सम्पूर्ण शुल्क मिनाह गरीयोस् र आंशिक क्याम्पस र स्कुलहरुले असूल गरेको शुल्क फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमार्फत माग राखेका छन् । साथै दोहोरो रुपमा परीक्षा शुल्क असूल गरेको विषयमा छानविन गर्न समेत माग गरिएको छ ।
यस्तै पत्रमा उल्लेख भएका माग अनुसार इन्जिनियरिङ संकाय अन्र्तगत हाइड्रोपावर विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरि संचालन गरिएकोमा हाल विद्यार्थी बाहिरिदा समेत यसको कुनै प्रक्रिया अगाडि नबढेको र विद्यार्थीको भविष्य अन्यौलमा रहेकोले तत्काल काउन्सिलमा दर्ता गर्न माग गरिएको छ ।
यसैगरी, अनलाईन परीक्षालाई व्यवस्थित गरी मर्यादित रुपमा संचालन गर्नुपर्ने, राजनैतिक आस्थाका आधारमा विना विज्ञापन कर्मचारी भर्ना गरेको र ऐन, नियम र कार्यविधि विपरित विश्वविद्यालयलाई आर्थिक मार पोर्न गरि गरिएका कर्मचारी, स्वकीय सचिव र सल्लाहकार हटाउन माग गरिएको छ ।
नेविसंघद्वारा रिहा गर्न माग
नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा प्रहरी नियन्त्रणमा लिइएका विद्यार्थीलाई तत्काल रिहाई गर्न माग गरिएको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले एक प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुलाई रिहाई गर्न माग गरेका हुन् ।
‘विद्यार्थीमाथि गरिएको सांघातिक आक्रमणको घोर भत्र्सना गर्दै आक्रमणमा संलग्न भाडाका गुण्डाहरु र प्रहरीमाथि कडा कारबाही गर्न गृहप्रशासनसँग जोडदार माग गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।
माग पूरा नभए ‘उपकुपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दीविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ध्यानकर्षण पत्र पढ्नाेस् :