सुर्खेत । नेपाल टेलिकमको ‘नेटवर्क बोर्डकास्ट’मा समस्या देखिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा फोन सेवा अवरुद्ध भएको छ ।
साविकको मध्यपश्चिम र सुदूपश्चिममा प्राविधिक समस्या आएकाले सबैजसो सेवाहरु प्रभावित भएको नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालय नेपालगञ्जका उप–प्रवन्धक शिवराज खनालले जानकारी दिए । उनका अनुसार कुन ठाउँको स्वीचमा समस्या देखिएको छ भन्ने पत्ता लगाउन प्राविधिकहरु खटिएका छन् ।
छिट्टैै सेवा सुचारु गर्नेगरी टोली जुटिरहेको खनालको भनाई छ । टेलिकमको मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रभावित भएको छ ।
तर एनसीएलको मोवाइल नेटवर्कले भने काम गरिरहेको छ ।