दुल्लु । दैलेखको दुल्लु नगरपालिका स्थित विजया माध्यामिक विद्यालयद्वारा एक शिक्षकको आज विदाई गरिएको छ । श्रेष्ठको गृह जिल्ला दाङ सरुवा भएपछि उनको विदाई गरिएको हो ।
दाङ घर भएका शंकर सिंह श्रेष्ठ विगत १७ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनको एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको हो ।
कार्यक्रममा दुल्लु नगरालिकाका नगर प्रमुख घनश्याम भण्डारी, उपप्रमुख विष्णु थापा, विव्यस अध्यक्ष भरत प्रसाद रिजाल, विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
उनको दुल्लु क्षेत्रको शैक्षिक योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपूर्वक विदाई गरिएको विव्यसा अध्यक्ष रिजालले जानकारी दिए ।