सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीले नेतृत्व गरेकाे सरकार गठन भएको साढे दुई वर्षको अवधिमा गरेका कामको मूल्यांकन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले उनिविरुद्व अविश्वास प्रस्ताव ल्याएको हो ।
हाल कर्णाली प्रदेशमा नेकपा संसदीय दलमा ३२ जना सांसद रहेका छन् । जसमध्ये १८ जना सांसदले उक्त प्रस्ताव ल्याएका हुन् ।
तीमध्ये साविक नेकपा एमालेका तर्फबाट १४ जना सांसद रहेका छन् भने ४ जना साविक माओवादी तर्पmका सांसद रहेका छन् ।
प्रदेश संसदीय दलको गठन र दलको नेतामा माननीय महेन्द्रबहादुर शाही निर्वाचित भएपश्चात संसदीय दलको प्रभावकारिता नदेखिएको बताइएको छ ।
‘दलको नेताको रुपमा संसदीय दल एंव सरकारको नेतृत्व प्रभावकारिता नभएको दिनानुदिन दल र सरकारका काम कारबाहीमा प्रभाव पर्ने र सो कारणले जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको’ प्रस्तावमा उल्लेख गरिएको छ ।
‘नेकपा प्रदेश संसदीय दलको विभान २०७५ को नियम २४ को (१,२,३,४) बमोजिम यथाशक्य वैठक आयोजना गरी मार्ग प्रशस्त गरी प्रस्तावलाई नियमबमोजिम निर्णय गर्न’ प्रस्तावमा भनिएको छ ।
संघिय संघात्मक व्यवस्थामा प्रदेश तहको संरचनामा नौलो अभ्यासको रुपमा वैधानिक व्यवस्था बमोजिम प्रस्ताव पेश गरिएको सांसद यामलाल कँडेलले बताए ।
‘सरकारको कामको आधारमा मूल्यांकन गर्दा विद्यमान अवस्थामा साझा मतका साथ सांसदहरु एक ठाउँमा भएका हौं’ सांसद कँडेलले भने, ‘सरकारको कमा ठिक भैरहेको छैन भनी पार्टीभित्र पटक–पटक छलफल गर्दा समेत प्रभावकारिता नदेखिएकोले प्रस्ताव ल्याइएको हो ।’
यी हुन् प्रस्ताव दर्ता गर्ने सांसद ः
१. यामलाल कँडेल
२.चन्द्रबहादुर शाही
३. करविर शाही
४. कुर्मराज शाही
५. अम्मर बहादुर थापा
६. सुशील कुमार थापा
७. मिनासिंह रखाल
८. दानसिंह परियार
९. पदम बहादुर रोकाया
१०. पद्मा खड्का
११. कौषिलावती खत्री
१२. पुष्पा घर्ती (विष्ट)
१३. राजु नेपाली
१४. धर्मराज रेग्मी
१५. खड्कबहादुर खत्री
१६. ठम्मर बहादुर विष्ट
१७. बद्मी पहाडी बोहोरा
१८. देवी ओली