सुर्खेत । कर्णालीमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । वीरेन्द्रनगर नगरपालिका १० का ७६ वर्षीय महिलाकाे आज मृत्यु भएकाे हाे ।
यही असाेज २१ गते काेराेना विशेष अस्पतालमा भर्ना गरिएकाे ती महिलामा दम र पेटबाट रगत बग्ने समस्या समेत देखिएकाे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनले ती महिलाको उपचारकाे क्रममा मृत्यु भएको बताए ।