सुर्खेत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे बाेर्ड सदस्यमा कर्णालीकी नन्दा बस्याल नियुक्त भएकी छन् । कलाकारीताकाे क्षेत्रमा अब्बल पहिचान बनाएकी बस्याल तेक्वान्दाेकी राष्ट्रिय खेलाडी समेत हुन् ।
कर्णाली प्रदेशबाट आफूलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले बस्याललाई नियुक्त गरेको हो ।
बस्यालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुका साथै रेफ्रीको भूमिकासमेत निर्वाह गरेकी छन् ।