कालिकोट । सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयाेगशाला स्थापना गरिएकाे छ । जिल्लाको पलाँता गाउँपालिकाले थिर्पुस्थित सरस्वती माध्यामिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएकाे हाे ।
गाउँपालिकाको १५ लाख सहयोगले प्रयोगशाला स्थापना गरिएकाे पालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए । विहिबार एक औपचारीक कार्यक्रम आयाेजना गरी अध्यक्ष लक्ष्मणबहादुर बमद्वारा प्रयोगशालाकाे उद्धाटन गरिएकाे छ ।
विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गरेर दक्ष तथा व्यवहारीक बनाउने लक्ष्यले प्रयोगशाला स्थापना गरिएको अध्यक्ष बमकाे भनाइ छ ।

सामुदायिक विद्यालयमा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना, विज्ञान प्रयोगशाला र सूचना प्रविधि सम्बन्धि जानकारी दिने संयन्त्र तयार गर्ने उद्देश्य रहेको उनले जनाए ।
प्रयोगशाला स्थापनाका लागि गाउँपालिकाकाले १५ लाख रकम छुट्याएको थियो । जसमा प्रयोगशालाका लागि आवाश्यक फनिर्चर लगाएतका अन्य सामग्री पनि खरिद गरिएको छ ।
विद्यालयमा बनेको प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाई क्षमता बढ्ने प्रधानाध्यापक पुर्णबहादुर शाहीको अपेक्षा छ । उनका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८ देखि १० सम्मका विद्यार्थी लाभान्वित हुने भएका छन् । प्रयोगशाला स्थापना भएकोमा विदार्थी पनि खुसी छन् ।
यसअघि वर्सनकोटमा कम्युटर शिक्षा, उखाडीमा कूषि अध्यापन, राडुनेटामा कम्युटर प्रविधिमूलक शिक्षा र कर्णाली माविमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको शिक्षा शाखा प्रमुख रणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष सरस्वती माविमा कम्युटर शिक्षा स्थापना गरिएकोमा यस वर्ष फेरी आधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएको हो ।