सुर्खेत । कर्णाली प्रदेशमा आयुर्वेदिक सेवा लिनेकाे संख्या बढेकाे छ । काेराेना भाइरस (काेभिड-१९)काे महामारी पश्चात आयुर्वेदिक स्वास्थ्य लिने सेवाग्राहीकाे संख्या बढेकाे प्रदेश आयुर्वेद औषधालय सुर्खेतले जनाएकाे छ ।
काेभिड-१९ प्रतिकार्यका लागि राेग प्रतिराेधात्मक क्षमता बढाउन औषधी प्रदान गर्न सुरू गरेबाट आयुर्वेदिक औषधीप्रतिकाे जनविश्वास बढेकाे औषधालयका सूचना अधिकारी श्रीराम आचार्यले बताए । राेग प्रतिराेधात्मक क्षमता बढाउन असाेगन्धा, गुरूची चुर्ण, गुर्जाे, चेवनप्रास, मुलेठी चूर्ण, सीताेपलाधु चूर्ण, त्रिकाताे लगायतका औषधिहरू वितरण गरिरहेकाे उनले जनाए ।
‘औषधालयकाे सेवा प्रवाहलाइ गुणस्तीरय बनाउँदै आएपछि सेवाग्राहीकाे संख्या बृद्धि भएकाे छ’ उनले भने, ‘दैनिक एक सय भन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।’
उनका अनुसार औषधालयबाट हाल भिडियाे एक्स-रे, गुणस्तरीय ल्याव सेवा, क्षार सुत्र सेवा, पञ्चकर्म सेवा, शीराधारा, कती बस्ती (ढाडकाे थेरापी) लगायतकाे सेवा प्रवाह भैरहेकाे छ ।
ज्येष्ठ नागरिक, असहाय, अपाङ्गका लागि निःशुल्क सेवा प्रदान गरिएकाे छ भने स्तनपायी आमाकाे लागि दुग्धवर्द्धक औषधी निःशुल्क प्रदान गरिएकाे आचार्यले जानकारी दिए ।
अस्पतालमा हाडजाेर्नी, वाद्, पायल्स र फिस्टुलाका विरामी धेरै आउने गरेकाे उनकाे भनाइ छ ।
अन्य औषधीभन्दा आयुर्वेदिक औषधी नै सस्ताे र गुणस्तरीय ठानेर उपचार गर्न आएकाे सेवाग्राही लक्ष्मी काफ्लेले बताइन् ।