सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लाे २४ घण्टामा २ जनाले आत्महत्या गरेका छन् । तीमध्ये दैलेख र सल्यानका एक-एक जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
गएराती अन्दाजी २३:०० बजेको समयमा दैलेखकाे गुराँस गाउँपालिका २ काउलाटाे बस्ने हर्के विककाे छाेरा अन्दाजी २७ वर्षकाे टाेपबहादुर विकले आत्महत्या गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार विकले घरदेखि एक सय ५० मिटर दक्षिण भिमलकाे रूखमा कपडाकाे डाेरीकाे पासाे लगाइ झुण्डिएका थिए ।
यस्तै, सल्यानकाे शारदा नगरपालिका १५ डाँडागाउँ बस्नै वर्ष अंन्दाजी ५९ को ढाल बहादुर खत्री ( भु.पू प्रहरी हवल्दार ) ले आफ्नै घरको दोस्रो तलाको पुर्ब पट्टिको कोठाको झ्याँलको दलिनमा भिमलको डोरीले पासो लगाई झुण्डि आत्म अत्या गरेको कार्यालयले जनाएकाे छ ।