सुर्खेत । घरमै मृत्यु भएर पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल लगिएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार मृत्यु भएकी वीरेन्द्रनगर–११ पीपीराका ३५ वर्षीय महिलाको कोरोना पोजेटिभ रिपोर्ट आज आएको हो ।
मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले गरेका छन् । ति महिलाका ६० वर्षीय श्रीमानलाई एक्काशी ज्वरो आएपछि मंगलबार उपचारको लागि देउती अस्पताल ल्याइएको थियो ।
अस्पतालले कर्णाली प्रदेश अस्पताल रिफर गरेको मुश्लिम अगुवा एवम् समाजसेवी अकबर खानले भने, ‘उहाँलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए, मृत्युको खवरसँगै उहाँकी श्रीमतीको पनि घरमा निधन भएको थियो ।’
खानकाअनुसार एक्काशी घरमा निधन भएपछि आफन्तले मृत्यु रहस्यमय भएको भन्दै शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको हो ।
तर चिकित्सकले पीसीआर रिपोर्टविना पोष्टमार्टम नगर्ने भनेपछि ३५ वर्षीय महिलाको स्वाब संकलन गरिएको खानको भनाई छ । ‘स्वाब परीक्षणको रिपोर्ट कुरेका आफन्तले आज उहाँको रिपोर्ट नि पोजेटिभ आयो’ खानले भने ।
उनको दाहसंस्कार भने आफन्तहरुले नै गर्ने तयारी गरको खानले बताए । ‘नेपाली सेनासँग नै सहकार्य गरेर मुश्लिम परम्पराअनुसार दाहसंस्कार गर्नेगरी पाँच जना युवालाई तयारी अवस्थामा राखिएको छ’ खानले भने, ‘दाहसंस्कारपछि उहाँहरु १४ दिन क्वारेन्टाइन बस्ने प्रवन्ध समेत गरिएको छ ।’ कर्णालीमा याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या सात पुगेकाे छ ।