दुल्लू । विक्रम संम्वत २०५९ साल असाेज १२ गते दैलेख जिल्ला नेपाली काँग्रेसले एक हस्ती गुमायाे । तत्कालिन विद्यार्थी आन्दाेलन हाेस् या प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दाेलनमा अग्रहणी भूमिका निर्वाह गर्दै दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्ण भण्डारीकाे हत्या भएकाे थियाे । उनकाे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माआेवादीद्वारा हत्या गरिएकाे हाे ।
२०१८ सालमा दैलेखकाे दुल्लू नगरपालिकामा जन्म लिएका भण्डारी २०३६ सालकाे विद्यार्थी आन्दाेलनमा विजया उच्च माध्यामिक विद्यालयबाट अग्रहणी भूमिकामा थिए । विद्यार्थी राजनीतिबाटै नेविसंघमा याेगदान पुर्याउदै आएका उनि प्रजातन्त्र स्थापनाका लागि भएकाे २०४६ सालकाे आन्दाेलनमा समेत हाेमिए।
भण्डारीकाे राजनीतिक याेगदानका आधारमा नेपाली काँग्रेसकाे १० औं महाधिवेशनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिकाे रूपमा पदासीन भए भने पार्टीकै ११ औं महाधिवेशनमा समेत पुनः क्षेत्रीय सभापतिकै रूपमा रहे ।
उनकाे राजनीतिक नेतृत्वप्रतिकाे याेगदानले नै उनि २०४९ सालमा भएकाे निर्वाचनबाट विजय भएर तत्कालिन दुल्लू गाउँ विकास समितिकाे अध्यक्ष भए । जननिर्वाचित प्रतिनिधि भैसकेपछि उनले दुल्लु क्षेत्रका लागि थुप्रै कार्य गर्न सफल भए तर २०५४ काे निर्वाचनमा भने असफल हुन पुगे ।
निर्वाचनमा असफल भएपनि उनकाे जनताप्रतिकाे उत्तरदायित्व र लगाव बढ्दै गएपछि २०५९ मा हुने निर्वाचनमा नेपाली काँग्रेसद्वारा प्रतिनिधिसभा सदस्य (सांसद)का लागि निर्वाचनमा हाेमिएका थिए । उनकाे स्वर्गाराेहण हुनु तीन दिन अगाडी अर्थात २०५९ असाेज ९ गते उनले सांसदका लागि टिकट पाएका थिए ।
टिकट पाएकाे तीन दिनपछि उनलाइ दुल्लू नगरपालिकास्थित बालेश्वर मन्दिर छेउमा लिइ तत्कालिन माआेवादीद्वारा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरिएकाे थियाे ।
उनकाे स्मृतिमा ‘शहिद पूर्ण स्मृति प्रतिष्ठान’समेत संचालनमा आएकाे छ भने उनकाे सम्झनामा हरेक वर्ष विविध कार्यक्रम आयाेजना गरि स्मृति दिवस मनाउने गरिन्छ । उनकाे १९ औं स्मृति दिवस आज मनाइएकाे छ ।
हरेक वर्ष विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरी मनाइने स्मृति दिवस यस वर्ष भने काेराेना महामारीका कारण स्मृति सभाकाे आयाेजना गरि मनाइएकाे छ ।
नेपाली काँग्रेस दैलेखका नेता तथा कार्यकर्ताहरूकाे भद्र सहभागितामा १९ औं स्मृति दिवस मनाइएकाे हाे । दिवसका अवसरमा उनिप्रति श्रद्धाञ्जली अर्पण गरिएकाे छ ।