सुर्खेत । पछिल्लो समय नेपाली गित संगीतको कुरा गर्ने हो भने बढ्दो आधुनिकता सँगै छाडापन बढेको पाइन्छ ।
अझ, भन्नुपर्दा लोक तथा दोहोरी गित संगीतमा पनि यो छाँट पसिसकेको छ । ‘कतिपए कलाकर्मीहरु जसलाई समयको अन्तराल सँगै भित्रिएको रस हो पनि भन्छन् ।’
तर, जुन गित संगीत सँगै परिवार सँग बसेर हेर्न नमिल्ले खालका हुन्छन् । मौलिकता भेटिदैन् । अहिले त गित संगीतको भिडियोमा देखिने कलाकारहरुले अलि छोटा लुगा, हट अवतार नदेखाउने हो भने गितको लगानी समेत उठ्न मुस्किल हुन्छ भन्ने कलाकारहरुमा भान पर्न थालिसकेको छ ।‘
हुन पनि अहिले त्यही ट्रेन चलिरहेको देखिन्छ । सामाजिक सञ्जाल युटुवतीर । अन्य गित संगीतको तुलनामा सँख्यातमक हिसाबले पनि लोक तथा दोहोरी गित संगीतहरु धेरैनै सार्वजनिक हुने गरेका गर्दछन् संगीत बजारमा ।
यसैको सेरिफेरीमा रहेर एउटा लोक दोहोरी गित सार्वजनिक भएकको छ,‘‘सम्झी रुन मन्छ ।’’ यो गित दैलेखी गायक कृष्णकुमार शाहीले आफै लेखे । संगीत भरेर आफैले गायका पनि छन् । उनलाई स्वरमा चर्चित गायिका स्मृती शाहीले साथ दिएकी छन् । ‘सेन्टिमेन्टल लवजमा रहेको यो गित सुन्दा आनन्द लाग्ने र भिडीयोमा सुन्दर सिनहरु देख्न सकिन्छ ।
गितको भिडीयोमा एउटा केटी र दुइजना केटाको अभिनय देख्न सकिन्छ । ‘यो गित विशेष फिल्मस’ नामक युटुव च्यानल मार्फत केही दिन अघि मात्रै सार्वजनिक भएको हो । गितले समाचार तयार पार्दा सम्मको अवधि सम्म ३ हजार ४ सय ४४ भिउ पाएको छ । जुन गितले पाउनुपर्ने भ्युज भने यो होइन् ।
कारण, यो गितमा अलि छाडापन, हटअवतार, रोमाञ्चक सिन छैन् । गितमा २७ जनाले मात्र कमेन्ट गरेको देखिन्छ । यसो हेर्दा यो गितले राम्रो भिउ पाउनुपर्ने हो । तर, अहिलेका संगीतप्रेमीहरु पनि फरक स्वाद खोज्छन् । तर, पनि गित संगीतमा समाजमा पच्ने खालका सिन, शब्दहरुको प्रयोग गर्नुपर्ने गायक शाहीको ठम्याइ छ । ‘उनी भन्छन–हामीले आफ्नाे मौलिकता भुल्नुहुन्न् ।’
हेर्नुहाेस भिडीयाे :