काठमाडौं । कृषि तथा वन विश्वविद्यालयकाे उपकुलपतिमा डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने तयारी गरेको छ ।
बालुवाटारमा आज भएको प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा कृषि तथा वन विश्वविद्यालयको उप-कुलपतिमा डा. रेग्मी र महेन्द्र संस्कृत विश्वविद्यालय दाङको उपकुलपतिमा डा. यादव तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय भएको स्रोतले जानकारी दियो ।