सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन् । भ्रमणका क्रममा उनले गलामा परिचयपत्र जस्तो देखिने बस्तु झुण्डाएका थिए ।
गलामा झुण्डाइएको वस्तु हेर्दा परिचय पत्र जस्तो देखिए पनि उक्त वस्तु कोरोना ब्लकर भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोरोना ब्लकर झुण्डाएर मुख्यमन्त्री शाहीले कालिकोट, जुम्ला, मुगु र हुम्ला भ्रमण गरेका हुन् ।
यसभन्दा अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यले कोरोना भाइरस संक्रमण हुन नसक्ने भन्दै उक्त कोरोना जन्तर लगाएका थिए ।
कोरोना भगाउनका लागि मुख्यमन्त्री शाहीले कोरोना जन्तर लगाएको उनको सचिवालयको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले ब्लकर कार्डप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयको ध्यानाकर्षण भएको बताएको थियो । त्यसपछि कोरोना जन्तर लगाउन छाडेका थिए ।
जनमासमा पुगेका मुख्यमन्त्री शाहीले भ्रम फैलाउने खालको काम भएको भन्दै स्वास्थ्य विज्ञदेखि सर्वसाधारणसम्म चर्को आलोचना भैरहेको छ ।
तर, त्यो कोरोना जन्तर मुख्यमन्त्री शाहीलाई कसले लगाउन किन सुझाव दियो भन्ने बिषयमा उनको सचिवालय कुनै जानकारी दिएको छैन् ।