हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा आवत–जावत निषेध गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ का स्थानीयलाई कोरोना पुष्टी भएपछि आवत–जावत बन्द गरिएको हो ।
गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले एक वडाबाट अर्कोबाट आउ–जाउ निषेध गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका दिपक कुमार आचार्यका अनुसार कार्यपालिकाको अर्को निर्णय नहुन्जेलसम्मका लागि निषेध गरिएको हो ।