सुर्खेत । संविधान दिवसकाे अवसरमा वीरेन्द्रचाैकमा राखिएकाे राष्ट्रिय झण्डा परिवर्तन गरिएकाे छ ।प्रदेश राजधानी समेत रहेकाे सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका स्थित उक्त चाैकमा कर्णाली यूथ पावरद्वारा नयाँ झण्डा राखिएकाे हाे ।
शनिबार परेकाे संविधान दिवसलाइ हर्षाेल्हासका साथ मनाउन दीप प्रज्वलनसहित पुरानाे झण्डा हटाइ नयाँ झण्डा राखिएकाे पावरका संयाेजक भीम थापाले बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, गेहेन्द्र प्रसाद दाहाल, वडा नम्बर ६ का वडा अध्यक्ष माेतीप्रसाद कँडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।
फाेटाे फिचर :