सुर्खेत । दैलेखका ठाटीकाँध गाउँपालिकाका पहिराे पीडितलाइ आर्थिक सहयाेग गरिएकाे छ । गाउँपालिकाकाे वडा नम्बर ४ मा गएकाे पहराेबाट पीडित परिवारलाइ दैलेख समाज दक्षिण काेरीयाले आर्थिक सहयाेग गरेकाे हाे ।
गत भदौ ४ गते गएको पहिरोमा परी ज्यान गुमाएका जनक कठायत र लोकेश कठायत को परिवारलाई ५०-५० हजार आर्थिक सहयोग गरिएको दैलेख समाज दक्षिण काेरीयाका सचिव प्रविन कुमार शाहीले बताए । विभिन्न प्राकृतिक विपतमा परि आर्थिक संकटमा परेका व्यक्तिहरूलाइ सहयाेग गर्दै आएकाेले यसपटक पहिराे पिडीतलाइ सहयाेग गरेकाे उनकाे भनाइ छ ।
बुधबार समाजका प्रतिनिधि स्थानिय दान बहादुर कठायतले सहयोग रकम हस्तन्तरण गरेको सचिव शाहीले जानकारी दिए ।
दैलेख समाज दक्षिण कोरिया ले यस अघि दैलेखका केही स्थानीय तहमा कोरोना रोकथामका लागि स्वास्थ सामाग्री बितरण गतेको थियो।
नै विपत पर्दा जन्म भुमीप्रती को माया लक्षितगरि समाज सेवाबाट नागरिक कर्तब्य पूरा गर्नु समाजको उदेश्य रहेको सचिब शाहीले बताए ।