सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकले वीरेन्द्रनगरमा थप नयाँ शाखा विस्तार गरेकाे छ । वीरेन्द्रनगर प्रदेश राजधानी समेत भएकाेले सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्न शाखा थप गरेकाे हाे ।
जुम्ला रोडमा रहेको बैंकको सुर्खेत शाखामा सेवाग्राहीको अत्यधिक भीड बढेपछि वीरेन्द्रनगरस्थित वीरेन्द्रचोक नजिकै ‘वीरेन्द्रनगर शाखा’ थप गरेको राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश प्रमुख रामकुमार थापाले जानकारी दिए ।
नयाँ शाखा थप भएसँगै साविकको कार्यालयमा सेवाग्रहीको भीड कम हुने अपेक्षा गरिएको थापाले जनाए । उनकाअनुसार नयाँ शाखामा एटिएम र लकरसहितको सबै सुविधा सेवाग्राहीलाई उपलव्ध गराइने छ ।
‘असोज १ गतेबाट सञ्चालन गर्ने तयारी गरेका थियौं, प्राविधिक कठिनाइँले केहि दिन धकेलिएको छ’ प्रमुख थापाले भने, ‘आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउछौं ।’ राष्ट्रिय बाणिज्य बैंकले वीरेन्द्रनगर नगरपालिका परिसरमा विस्तारित शाखा समेत विस्तार गरेको छ ।
नगरपालिका र सबै वडा कार्यालयहरुको राजश्व संकलन गर्ने उदेश्यले विस्तारित शाखा सञ्चालनको अन्तिम तयारीमा रहेको थापाको भनाई छ । डाेल्पाकाे सबैभन्दा उचाइमा रहेकाे धाे-डाेल्पामा समेत राष्ट्रिय बाणिज्य बैंककाे शाखा रहेकाे छ । याेसहित कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय बाणिज्य बैंकका वीरेन्द्रनगर शाखासहित १९ शाखा पुगेको थापाले जनाए ।