सुर्खेत । दैलखी लोकसाहित्य पुस्तक प्रकाशनमा आएको छ । नारायणप्रसाद तिमिल्सेनाद्वारा लेखिएको उक्त पुस्तक दुल्लू नगरपालिकाले प्रकाशनमा ल्याएको हो ।
प्रकाशित पुस्तकमा नेपाली लोकसाहित्यमा हालसम्भ प्राप्त भएका साहित्यिक विषयवस्तुभन्दा केही नितान्त नौला विषयवस्तु ( जस्तै ः ढटाहा गाथा, झम्कलडी, सुआगीत, कर्को, मागल, राइसुवा गीत आदि) समावेश गरिएको छ ।
पुस्तकमा नितान्तै नयाँ १५ ओटा लोककथा, दैलेख जिल्लामा प्रचलित एक सय २० ओटाभन्दा बढी मागल गीत परिशिष्ट भागमा समेटिएका छन् भने नेपाली लोकसाहित्यमा नवीन रुपमा आएका छन् ।
त्यस्तै प्रकाशित पुस्तकमार्फत केही बालुनहरु, दुई दर्जनभन्दा बढी धमारी, नेपाली लोकसाहित्यको क्षेत्रमा महत्वपूर्ण मानिएका गीत, गाथा र नृत्यको व्याख्यालाई समेत अध्यय्न गर्न पाइन्छ ।
परिशिष्टमा दैलेखी लोकसाहित्यको महत्वपूर्ण विधा देउडा लोकगीतका केही प्राचीन रोचक सम्पदाहरु समावेश गरि प्रकाशन गरिएको पुस्तकमा पाँच सय ४० पेजको फराकिलो आयाममा समेटिएको विषयवस्तु बालबालिकादेखि वृद्धवृद्धाहरु सबैकालागि लाभकारी मानिएको छ ।
यसमा लोकसाहित्यका ६ प्रमुख विधा लोकगीत, लोकगाथा, लोककथा, लोकनाटक, लोकोक्ति र लोककाव्यअन्र्तगत विभिन्न उपविधाहरु समोवेश छन् । लोकगीतमा सामान्यगीत, संस्कारगीत, पर्व गीत, धार्मिक गीत, बाल गीत र नृत्यगीतहरु छन् । लोकगाथामा बालाराजा काशीरामको गाथा, ढटाहा, गाथा, राहुरोगनको गाथा, सतीकलशाको गाथा आदि छन् । लोकोक्तिमा दैलेखमा प्रचलिन ४०० भन्दा बढी उखान र टुक्का, गाउँखाने कथा, लोकगाली, लोकमन्त्र, झिट्टा आदि छन् । साथै यी सबै विषयवस्तुको सैद्धान्तिक रुपरेखा पनि दिइएको छ ।
दैलेखको भैरवी गाउँपालिकास्थित कोइराला गाउँ जन्मस्थान तिमिल्सेनाले त्रिवेणी (संयुक्त कथा संग्रह), २०५९, दैलेखी लोक साहित्य २०७७ प्रकाशनमा ल्याउनुका साथै विभिन्न पत्रपत्रिकामा लोक साहित्यसँग सम्बन्धित थुप्रै अनुसन्धानात्मक कृतिहरु प्रकाशन गरेका छन् ।
लेखक तिमिल्सेनाले दैलखी लोक साहित्य पुस्तक प्रकाशनमा आएको छ । नारायणप्रसाद तिमिल्सेनाद्वारा लेखिएको उक्त पुस्तक दुल्लू नगरपालिकाले प्रकाशनमा ल्याएको हो ।
प्रकाशित पुस्तकमा नेपाली लोकसाहित्यमा हालसम्भ प्राप्त भएका साहित्यिक विषयवस्तुभन्दा केही नितान्त नौला विषयवस्तु ( जस्तै ः ढटाहा गाथा, झम्कलडी, सुआगीत, कर्को, मागल, राइसुवा गीत आदि) समावेश गरिएको छ ।
पुस्तकमा नितान्तै नयाँ १५ ओटा लोककथा, दैलेख जिल्लामा प्रचलित एक सय २० ओटाभन्दा बढी मागल गीत परिशिष्ट भागमा समेटिएका छन् भने नेपाली लोकसाहित्यमा नवीन रुपमा आएका छन् ।
त्यस्तै प्रकाशित पुस्तकमार्फत केही बालुनहरु, दुई दर्जनभन्दा बढी धमारी, नेपाली लोकसाहित्यको क्षेत्रमा महत्वपूर्ण मानिएका गीत, गाथा र नृत्यको व्याख्यालाई समेत अध्यय्न गर्न पाइन्छ ।
परिशिष्टमा दैलेखी लोकसाहित्यको महत्वपूर्ण विधा देउडा लोकगीतका केही प्राचीन रोचक सम्पदाहरु समावेश गरि प्रकाशन गरिएको पुस्तकमा पाँच सय ४० पेजको फराकिलो आयाममा समेटिएको विषयवस्तु बालबालिकादेखि वृद्धवृद्धाहरु सबैकालागि लाभकारी मानिएको छ ।
यसमा लोकसाहित्यका ६ प्रमुख विधा लोकगीत, लोकगाथा, लोककथा, लोकनाटक, लोकोक्ति र लोककाव्यअन्र्तगत विभिन्न उपविधाहरु समोवेश छन् । लोकगीतमा सामान्यगीत, संस्कारगीत, पर्व गीत, धार्मिक गीत, बाल गीत र नृत्यगीतहरु छन् । लोकगाथामा बालाराजा काशीरामको गाथा, ढटाहा, गाथा, राहुरोगनको गाथा, सतीकलशाको गाथा आदि छन् । लोकोक्तिमा दैलेखमा प्रचलिन ४०० भन्दा बढी उखान र टुक्का, गाउँखाने कथा, लोकगाली, लोकमन्त्र, झिट्टा आदि छन् । साथै यी सबै विषयवस्तुको सैद्धान्तिक रुपरेखा पनि दिइएको छ ।
दैलेखको भैरवी गाउँपालिकास्थित कोइराला गाउँ जन्मस्थान तिमिल्सेनाले त्रिवेणी (संयुक्त कथा संग्रह), २०५९, दैलेखी लोक साहित्य २०७७ प्रकाशनमा ल्याउनुका साथै विभिन्न पत्रपत्रिकामा लोक साहित्यसँग सम्बन्धित थुप्रै अनुसन्धानात्मक कृतिहरु प्रकाशन गरेका छन् ।
लेखेक तिमिल्सेनाले पुस्तक प्रकाशनमा ल्याउने दुल्लु नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुका साथै पुस्तक प्रकाशनमा सहयोग पु¥याउने मधुसूदन गिरी, ओम रिजाल, श्यामल अधिकारी, घनश्याम भण्डारी लगायतका व्यक्तित्वहरुप्रति आभार प्रकट गरेका छन् ।