दैलेख । दैलेखको दूल्लु नगरपालिका – ९ धामी गाउँका ४० जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी उनिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपामा पार्टीको संगठीत सदस्य हुनुको औचित्य नदेखेपछी नेकपा परित्याग गरेरिएको पुष्पा गिरीले बताईन् । ‘दुइ तिहाइ बहुमत प्राप्त नेकपाको सरकारले देश र जनताप्रति विश्वास अनुसार काम गर्न सकेको छैन ।’ पार्टी प्रवेश गर्दै गिरीले भनिन्, ‘बहुमत प्राप्त पार्टीले काम गर्न सक्दैन भने यस्तो पार्टीको संगठीत सदस्य हुनुको कुनै औचित्य देखिएन । जसको कारण आजदेखि पार्टी परित्याग गरिएको हो ।’
नेकपाले निर्वाचनमा जनतालाइ झुक्काएर प्राप्त गरेको बहुमत पदीय भागबण्डामै रुमलीएर देशलाई निकास दिन नसेकेको आरोप लगाउदै यज्ञ हमालले नेकपा परित्याग गरेको बताए ।
पदम खत्री र भरत वुढाले नेपाल मजदुर किसान पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेका छन् । उनिहरु लगायत ४० जना युवाले संयुक्त रुपमा नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वन वाताबरण तथा विपद ब्यबस्थापनका केन्द्रिय सदस्य भरत प्रसाद रिजालले नव प्रवेशी युवालाई खादा सहित पार्टीको सदस्यता प्रदान गर्दैै स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य रिजालले मुलुकमा परिवर्तनका लागि काँग्रेसको आवश्यकता भएको भन्दै उनले पार्टीभित्र युवाहरुको सक्रिय भुमिका रहनुपर्ने बताए ।
कार्यक्रममा क्षेत्र नम्वर २ का क्षेत्रिय सभापती घनश्याम भण्डारी सहित काँग्रेस नेताहरु भरतप्रसाद रिजाल, धर्मनाथ योगी, दिपक विक, सुर्य विक लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।