डडेलधुरा । जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आईसोलेसन केन्द्र निर्माण गर्न शुरु गरेको छ । जिल्लाकाे अन्य स्थानीयत तहले हालसम्म आइसाेलेशन केन्द्र बनेका छैनन् । भागेश्वर गाउँपालिका सदरमुकाम बगरकोटमा २० शैयाको आईसोलेसन केन्द्र निर्माण भईरहेको गाउँपालिकाका अध्यक्ष काैशिला भट्टले जानकारी दिइन् ।
एक स्थानिय तह एक आईसोलेसन केन्द्र निर्माण गर्नु पर्ने नेपाल सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थीक सहयोग र स्थानिय वासीन्दाको जनश्रमदानमा आईसोलेसन केन्द्र स्थापना निर्माण सुरु गरिएको अध्यक्ष भट्टले बताइन् ।
करिव २० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएकाे उक्त आइसाेलेशन केन्द्र भदौ महिना भित्रै सम्पन्न गर्ने गरी काम भईरहेको छ ।
आईसोलेसन केन्द्रमा महिला पुरुषका लागि छुट्टा छुट्टै कोठा बन्ने छन भने आईसोलेसन वार्ड भनिए पनि विरामी नभएका समयमा क्वारेन्टीनका लागि समेत प्रयोग गरिने अध्यक्ष भट्टकाे भनाइ छ ।