सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरसहित आसपासका जिल्लाहरूमा भारी वर्षा भईरहेकाे जल तथा माैसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ । मनसुनकाे न्यूनचापिय प्रणालीका कारण सुर्खेत सहित अासपासका जिल्लाहरूमा भारी वर्षा भईरहेकाे हाे ।
सुर्खेत, दैलेख र सल्यान आसपासमा मनसुन फैलिएकोलेे कम्तीमा दुई घण्टा वर्षा हुने सम्भावना रहेकाे कार्यालयका प्रमुख विनाद पराजुलीले जानकारी दिए । उनकाअनुसार यी जिल्लाहरूमा चट्याङसहितको वर्षा भईरहेकाे छ । उनले खहरे खाेलाहरूमा बाढीकाे बहाव बढ्ने खतरा रहेकाले सजकता अपनाउन अाम नागरिकलाई अाग्रह गरेका छन् ।