सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाकाे वडा नम्बर ७ राडिकोटको ठूला गाउँमा आगलागी भएको छ । आगलागीबाट १२ घर जलेकाे गाउँपालिकाका उपाध्यक्ष जाेशी धामीले बताएका छन् ।
‘मलाई केही बेर अघि जानकारी आएको हाे । प्रहरीसहितकाे टाेली त्यसतर्फ जाँदैछाैं’ उपाध्यक्ष धामीले भने, ‘आगलागीबाट १२ घर जलेका छन्, आगाे नियन्त्रणमा लिन स्थानीय खटिए पनि आगो अझैं नियन्त्रणमा लिन सकिएको छैन । आगलागीकाे कारण खुलेकाे छैन् ।’
ठूला गाउँमा झण्डै डेढसय घरधुरी रहेकाे पनि जाेशीकाे भनाइ छ । आगलागी भएको खवर पाएपछि ईलाका प्रहरी कार्यालय सर्केगाडबाट प्रहरी घटनास्थल हिँडेकाे धामीले जनाए । आगलागी भएको ठाउँ जान प्रहरीलाई कम्तीमा तीन घण्टा लाग्ने धामीकाे भनाई छ ।