सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष भुपेन्द्र बहादुर दर्लामीले परस्त्रीसँग लागेर श्रीमतिमाथि हिंसा गरेको आरोप लागेको छ । वडाअध्यक्ष दर्लामीकी श्रीमति देवीसरा खत्रीले मंगलबार पत्रकारसंग कुराकानी गर्दै श्रीमान अर्कै महिलासँग लागेपछि आफूलाई मानसिक र शारीरिक यातना दिने गरेको आरोप लगाएकी हुन् ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष भूपेन्द्रले आफुलाई बारम्बार यातनादिन थालेको बताईन् ।
‘एक बर्षदेखि भूपेन्द्र घरमा पनि आउन छाडेको छ ।’ देवीसराले भनिन् ‘मलाई न्याय दिलाईदिन भन्दै विभिन्न निकायमा गुहार गर्दा समेत न्याय पाउन सकिन ।’
देवीसरा भूपेन्द्रको दोस्रो श्रीमती हुन्हुन्छ ।
वडा अध्यक्षले आफ्नो पावर नेतादेखि मन्त्री र वकिलसंग रहेको भन्दै बारम्बार यातना दिने गरेको उनको भनाई छ ।
देवीसराले अहिलेसम्म भूपेन्द्रमाथि आफुले लगानी गरेको रकम फिर्ता पाउनुपर्ने र सम्वन्ध विच्छेदको मुद्दामा बराबर अंश पाउनुपर्ने माग गरेकी छन् ।
‘२० बर्षसम्म आफैसँग बसेको श्रीमान विरामी हुँदा उपचार गरेको, घर खर्च चलाउन आफू विदेश गएर कमाई गरेको र स्थानीय निर्वाचनमा वडा अध्यक्षमा भिड्दा पनि धेरै आर्थिक सहयोग गरेको थिए अब सबै रकम फिर्ता गरिनुपर्छ ।’
भूपेन्द्रले अदालतमा सम्वन्धविच्छेदको मुद्दा दर्ता गराएको भन्दै देवीसराले प्रहरीमा घरेलु हिंसाको मुद्दा दिएको बताइन् ।
न्याय पाउनका लागि वीरेन्द्रनगर नगरपालिका, नेकपा पार्टी कार्यालयमा पनि पुगेको तर आश्वासनमात्रै दिने तर न्याय नदिएको देवीसराको भनाइ छ ।
यता, वडाअध्यक्ष भूपेन्द्र दर्लामीले भने देवीसराले लगाएको आरोप गलत भएको बताए ।
‘उनी पहिला विवाह गरेको श्रीमानसँगै बसेकी छन्’ वडाध्यक्ष दर्लामीले भने, ‘वास्तविक यथार्थ बुझ्े भए यहाँ आएर समाजसँग पनि बुझेर जानुहोस् ममाथि जति पनि आरोप लगाइएको छ ति सबै गलत हुन् ।’
मसँगै बस्दै नबस्ने श्रीमतीलाई कसरी मैले मानसिक र शारिरीक यातना दिनु वडाध्यक्ष दर्लामीले भने, ‘नागरिकता र मालपोतका जग्गाधनी पूर्जा देविसराले लुकाएकाले आफूले प्रतिलिपि निकालेको हुँ, दाेहाेराे नागरिकता, पूर्जाबारे प्रशासन र मालपाेतमा गएर हेर्नुहाेस् ।’