जुकरबर्गले फेसबुक कम्पनीबाट वार्षिक जम्मा १ डलर मात्र तलब बुझ्ने गरेका छन् । तथापि त्यसमा उनको सुरक्षा र हवाई उडानमा भएको खर्च जोडिएको छैन ।जुकरबर्गले वार्षिक एक डलर मात्र तलब बुझिरहँदा फेसबुक कम्पनीका अन्य कर्मचारीहरुको तलबचाहिँ वार्षिक कम्तिमा ६ अंकमा रहेको छ । फेसबुकमा कार्यरत अधिकांश सफ्टवेयर इन्जिनियरदेखि प्रडक्ट म्यानेजर र कपिराइटरदेखि वकिलसम्मको तलब वार्षिक एक लाख डलरभन्दा धेरै छ ।
बिजनेस इनसाइडरले अमेरिकी सरकारद्वारा प्रकाशित तलब तथ्यांकको विश्लेषण गरी फेसबुक कम्पनीले अमेरिकामा आफ्ना कर्मचारीलाई भुक्तान गर्ने तलबको लेखाजोखा गरेको छ ।
कम्पनीले हरेक वर्ष आफूले जागिरमा लगाउने विदेशी नागरिकहरुको भिसा आवेदनका क्रममा भर्ने गरेको तलबको अंकका आधारमा त्यस्तो तथ्यांक संकलन गरिएको हो । यद्यपि त्यस्तो अंक केवल आधारभूत तलबमान मात्र हुने भएकोले कम्पनीले आफ्ना कर्मचारीहरुले भुक्तान गर्ने तलब तथा अन्य भत्ता सहितको कूल रकम भने त्यसबाट अधिक समेत हुनसक्दछ ।
उक्त तथ्यांकअनुसार फेसबुक कम्पनीले आफ्ना विभिन्न ओहोदा र जिम्मेवारीका कर्मचारीहरुलाई दिने वार्षिक तलब यस्तो छ :
१. डाटा वैज्ञानिक : एक लाख १० हजार डलरदेखि २ लाख १६ हजार डलरसम्म
२. सफ्टवेयर इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म
३. डाटा इन्जिनियर : एक लाख १० हजार डलरदेखि १ लाख ९५ हजार डलरसम्म
४. अनुसन्धान वैज्ञानिक : एक लाख ३५ हजार डलरदेखि २ लाख ५० हजार डलरसम्म
५. इन्जिनियरिङ म्यानेजर : एक लाख ७१ हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म
६. टेक्निकल प्रोग्राम म्यानेजर : एक लाख ११ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म
७. प्रोडक्सन इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख २१ हजार डलरसम्म
८. इन्जिनियरिङ निर्देशक : दुई लाख ८४ हजार डलरदेखि ३ लाख ४५ हजार डलरसम्म
९. एनालिटिक्स प्रमुख : एक लाख ५५ हजार डलर
१०. प्रडक्सन डिजाइनर : एक लाख ५ हजार डलरदेखि १ लाख ९९ हजार डलरसम्म
११. फ्रन्ट एन्ड इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म
१२. प्रडक्ट म्यानेजर : एक लाख १० हजार डलरदेखि २ लाख ४० हजार डलरसम्म
१३. सेक्योरिटी इन्जिनियर : एक लाख १५ हजार डलरदेखि २ लाख १५ हजार डलरसम्म ।
© 2019 DulluKhabar.Com | By: HostMero.
© 2019 DulluKhabar.Com | By: HostMero.